माटोको ढिस्कोले पुरिएर स्काभेटर सह चालकको मृत्यु «

माटोको ढिस्कोले पुरिएर स्काभेटर सह चालकको मृत्यु

बैतडी – माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शनिबार राती ९ बजे दशरथचन्द नगरपालिका २ हल्लेक– कुणीभिटा ग्रामिण सडक निर्माण गरिरहेका बेला एक्कासी माथीबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ । प्रतिघण्टाको हिसावले पारिश्रमिक पाईने भएकाले राती पनि सडक निर्माणको काम गरेको हुनसक्ने प्रहरीले जनाएको छ । स्काभेटर प्युठान झुमितका २९ वर्षीय डम्बर नगरकोटी चलाइरहेका थिए ।

नरी बडु

प्रतिक्रिया दिनुहोस्