रारा पनि दुर्गन्धित «

रारा पनि दुर्गन्धित

 नेपालको प्रसिद्घ वा विश्वमा नै चर्चितमय बन्दै गएको प्रकृतिको गहना रारा ताल पछिल्लो समयमा दुर्गन्धित र प्रदूषित बन्दै गएको छ । मुगु गमगढीसम्म राष्ट्रिय सडक सन्जाल जोडिएपछि रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या दिन प्रतिदिन वृद्घि हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूले खाएका विभिन्न परिकारका बोक्रा प्लास्टिजन्य वस्तु चाउचाउ, बिस्कृट, दालमोट, भुजाका बोक्रा, जुसका बोतलहरू जताततै फालिएका छन् । रारा तालका किनार, छेउछाउमा पनि यी वस्तुहरू पाइन्छन् भने रारा तालको माथिल्लो मिलीचौर, चुचेमारा लेकलगायतका विभिन्न क्षेत्रमा पनि फोहोर वस्तु भेटिने गरेका छन् ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रारा ताललगायत पनकुन्जको पूरै भागमा जैविक विविधता, वन्यजन्तु, वनस्पति, पशुपन्छी, वन्यजन्तुको संरक्षण तथा वातावरण संरक्षणका लागि विभिन्न कार्याक्रम बर्सेनि समुदाय र विद्यालयमा विभिन्न जनचेतनाका कार्यक्रम सञ्चालन गरिएको थियो । रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले गर्दा रारा बिगतका वर्षहरूभन्दा आज–भोलि रारा ताल प्रदूषित हुँदै गएको रारा राष्ट्रिय निकुञ्जका अधिकृत शिखरचन्द्र चौधरी बताएका छन् ।
रारा राष्ट्रिय निकुञ्ज र रारा तालभित्रका जैविक विविधता, जल, जमिन, वन्यजन्तु, वनस्पति, वन्यजन्तुको संरक्षण गर्दै आएको र वातावरण प्रदूषणबाट बचाइरहेको समेत बताएका छन् ।
रारा ताल तथा रारा राष्ट्रिय निकुञ्जको संरक्षण तथा पवदनका लागी बर्सेनि लाखौंको रकम राज्यबाट राराको नाममा आए पनि राराको अवस्था विगतका वर्षहरूभन्दा दुर्गन्धित बन्दै गहिरहेको छ ।
तालको किनारसम्म भेडा बाख्रा, गाई गोरु, घोडाघोडी खुला रूपमा पशु चौपायहरूको चरीचरण हुँदा तालको छेउचाउमा रहेका वनस्पति, विभिन्न जातको फूलहरू पनि लोप हुँदै जाने सम्भावना देखिन्छ । निकुञ्जको कार्यालयबाट प्रत्येक वर्ष जनचेतना मूलकलगायत रारा तालको संरक्षणसम्बन्धी काम गरेको रेकड भए पनि निकुञ्जको कार्यालय तथा अन्य निकार्यको प्रभावकारी काम नदेखिएको स्थानीयवासीको भनाइ छ ।
पछिल्लो समयमा रारा तालको जताततै फोहोर चाउचाउ, बिस्कुटलगायत तयारी खानेकुराका खोलहरू जताजतै भेटिने गरेको पाइन्छ । यसले गर्दा रारा तालको संरक्षणका लागि समयमा नै सरोकार वालाहरूको ध्यान नगएमा रारा प्रदूषित बन्दै जाने छायानाथ रारा नगरपालिका–९ मुर्माका राजबहादुर रोकायाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्