खाद्य संस्थानको सहुलियत पसल सञ्चालन «

खाद्य संस्थानको सहुलियत पसल सञ्चालन

सुर्खेत-कोरोना भाइरसको त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ ।
संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट चामल, सिमीको दाल र फापर बिक्री शुरु गरेको हो । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडको खाद्यान्न मौज्दातको वर्तमान सञ्चितिदर दोब्बर पार्ने, खाद्यान्न अभाव हुन नदिन समयमै ढुवानीको व्यवस्था मिलाइएको बताए । संस्थानले शुक्रबारदेखि सहुलियतमा खाद्यान्न बिक्री वितरण सुरु गरेको हो । संस्थानको गोदाममा १७ हजार क्विन्टल चामल मौज्दात छ ।
संस्थानमा कार्यरत कर्मचारी र उपभोक्ताको स्वास्थ्य तथा सुरक्षामा सतर्कता अपनाइएको संस्थानका प्रमुख थापाले बताए । यसैबीच होटल अर्गनाइजेशनले व्यवसायमा परेको मर्कामा विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्