राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमा «

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमा

बागमती प्रदेश सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको २९ औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्रको एक समारोहकाबीच शुभारम्भ गरिएको छ ।
एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका थिए । शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष लगायतको रकम जम्मा गर्न सकिने भन्दै बैंकले हाल ७ प्रदेश, ७७ जिल्लामा २ सय ३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २ सय ५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्