पोखरामा साओमीको आधिकारिक सर्भिस सेन्टर

शाओमीले पोखरामा आधिकारिक सर्भिस सेन्टर खोलेको छ । पोखराको महेन्द्रपुलमा अवस्थित कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर खोलेको हो ।
यसअघि काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरी लगाएतका क्षेत्रमा सर्भिस सेन्टर खोलिसकेको छ । सेन्टरको उद्घाटन गर्दैै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन साओमी केन्द्रीत रहेको बताए ।
“साओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं,” उनले भने, “यी नवीनतम प्रयासहरुले हामीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र हामीलाई देशभर बढ्न मद्दत पुर्याउनेछ ।” उनले नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धतालाई थप मजबुद बनाएको बताए ।