तल्लो हेवाको निर्माण अन्तिम चरणमा «

तल्लो हेवाको निर्माण अन्तिम चरणमा

२०७१ साल कार्तिकदेखि सुरु भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट जेठदेखि विद्युत् उत्पादन हुने भएको छ । यसका लागि तीव गतिमा काम भइरहेको आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिएका छन्  ।
 २२ दशमलव २ मेगावट क्षमताको तल्लो हेवा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएको छ ।
 माउन्टेन हाइड्रो लिमिटेडले प्रवद्र्धन गरेको आयोजनाबाट सर्वसाधारणका लागि सेयर खुल्ला गर्ने तयारीसमेत  सुरु भएको  निर्माण  पक्षले जानकारी दिएको छ ।  अहिलेसम्म ५ दशमलव ४ किलोमिटरको सुरुङ खन्ने काम सकिएको छ । हेवा खोलाको ज्यामेरीबेसीबाट १ दशमलव  ३ किलोमिटरको सुरुङ फेमेखोलाको ओडारेमा आइपुगेको छ । 
सदरमुकाम फिदिम नगरपालिका यसको मुख्य निर्माण स्थल रहेको छ । साविकको भारपा गाविस पनि प्रभावित क्षेत्रमा पर्छ । हेवा र फेमे खोलाको पानी प्रयोग गर्ने गरी निर्माण अघि सारिएको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरु खनिसकिएको छ । सुरुङको फिनिसिङको काम बाँकी छ । सुरुङाम केही सिभिलका काम र फिनिसिङका काम बाँकी रहेको सुब्बाले जानकारी दिए । टर्बाइन तीन महिनामा जडान भइसक्ने जानकारी दिइएको छ । बाँकी रहेका सबै काम करिब पाँच महिनाभित्र सक्ने लक्ष्य रहेको सुब्बाले जानकारी दिए । फिनिसिङका काम भएकाले ५ प्रतिशत काम सक्न पाँच महिना खर्चनु पर्ने अवस्था रहेको उनले बताए ।
 सुरुमा यो आयोजनाको क्षमता २१ दशमलव ६ मेगावाट रहेको  थियो । डिजाईन परिवर्तन हुँदा हेड बढेपछि क्षमता पनि बढेको छ । भौतिक तथा वित्तीय प्रगति ९५ पुगेको बताइएको छ  । टर्बाइन तीन महिनाभित्र जडान गरिसक्ने बताइएको छ ।आवश्यक अधिकांश सामग्री आइपुगिसकेको सुब्बाले जानकारी दिए ।  नाकाबन्दी, भूकम्पले आयोजनाको काममा केही ढिलाइ हुँदा लागत समेत बढेको छ । स्थानीय अवरोधले पनि आयोजनाको काम प्रभावित भएको थियो । ३ अर्ब ६६ करोड रुपैंयामा सक्ने गरी अयाोजनाको  काम अघि बढाइएको थियो । हाल आयोजनाको लागत बढेर ४ अर्ब पुग्ने बताइएको छ ।
 जेठवाट विद्युत् उत्पादन हुने सुब्बाको भनाइ छ  । यहाँ उत्पादित विद्युत् काबेली करिडोरमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । थापाटारमा रहेको सबस्टेसनमार्फत यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जडान हुनेछ । तर काबेली करिडोरको काम सुरु देखि नै सुस्त छ । यहाँ विद्युत् उत्पादन थाल्दा करिडोर सकिने प्रतिबद्धता रहेको सुब्बाले जानकारी दिए । 

 दिपक बोहोरा

प्रतिक्रिया दिनुहोस्