नेपाल इन्भेस्टमेन्ट बैंकको काउन्टर चाँगुनारायण «

नेपाल इन्भेस्टमेन्ट बैंकको काउन्टर चाँगुनारायण

नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ, नयाँखुलेको दुबाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको जनाएको छ ।
यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । दुबाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुने भन्दै नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउन्टर भएको र ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्