मुख्यमन्त्री गुरुङका ९ भेडा र ७ बाख्रा «

मुख्यमन्त्री गुरुङका ९ भेडा र ७ बाख्रा

दुई वर्षपछि गण्डकीका मन्त्रीहरूको सम्पत्ति विवरण पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अन्य मन्त्रीहरूको सम्पत्ति विवरण दुई वर्षपछि सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बुधबार पोखरामा पत्रकारमाझ प्रदेशका मुख्यमन्त्री गुरुङसहित अन्य ५ जना मन्त्रीहरूको सम्पत्ति वितरण सार्वजनिक गरेका हुन् ।

सरकार गठन भएको केही समयमा मुख्यमन्त्री सहितका मन्त्रीहरूको सम्पत्ति विवरण दुई वर्षअघि नै सार्वजनिक गर्नुपर्नेमा बुधबार पोखरामा प्रदेशका मुख्यमन्त्रीसहित सामाजिक विकासमन्त्री नरदेवी पुन मगरबाहेक अन्यको सम्पत्ति विवरण सार्वजनिक भएको हो । मुख्यमन्त्री गुरुङको ९ वटा भेडा, ७ वटा बाख्रासहित भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरको एक हल गोरुसम्मको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको मुख्यमन्त्री गुरुङ र अन्य मन्त्रीको तुलनामा बढी नै सम्पत्ति भएको देखिन्छ ।

लमजुङ, कब्होलासोथार गाउँपालिका ९, टक्सार घर भएका प्रदेशका मुख्यमन्त्री गुरुङको सगोलमा करिब ८५ रोपनी जग्गा जमिन रहेको छ । कबहोलासोथारमा ३७ रोपनी उनकी श्रीमती कुमारी मुनी गुरुङको नाममा ०४५ सालमा ४५ हजारमा किनेको कब्होलासोथारमा रहेको एक घरसहित जग्गा छ भने उनकी बहिनी आशकुमारीको नाममा अंशवण्डावाट प्राप्त कब्होलासोथारमा रहेको एक तले दुई घर, २९ रोपनी १४ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । मुख्यमन्त्री गुरुङको ५१ तोला सुनः ९० तोला चाँदी रहेको छ भने पृथ्वी सुब्बाको नाममा एभरेष्ट बैकमा १५ लाख ५० हजार, सिभिल बैंकमा १ लाख (तलव, भत्ता) छोरा विज्ञानको नाममा लक्ष्मी बैकमा १० लाख, नविल बैकमा ६० लाख (तलव, भत्ता), श्रीमती कुमारी मुनीको नाममा सिभिल बैकमा ३ लाख ५० हजार, जनकल्याण बचत तथा ऋण सहकारीमा ५ लाख, राष्ट्रिय वाणिज्य बैकमा २ लाख (तलव, भत्ता, पेन्सन) रहेको छ ।

विज्ञानको नाममा पिपुल्स जलविद्युत्मा १५ हजार कित्ता (१५ लाख मूल्य बराबरको जग्गा बेचेर) रहेको छ भने सवारीसाधनमा ईश्वरी गुरुङको नाममा एक÷एक थान स्कुटर तथा मोटरसाइकल रहेको छ । मुख्यमन्त्री गुरुङको ऋण उल्लेख छैन । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको तनहुँसहित पोखरा, ललितपुर, पर्वतमा जग्गासहित विभिन्न वित्तीय क्षेत्रमा सेयर लगानी गरेका छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार तनहुँ भिमाद नगरपालिका ९ सखेप भानुमतिमा बस्दै आएका मन्त्री गुरुङको पोखरा १२ कुडहरमा २२५ वर्गमिटर सापटी गरी खरिद गरेको एक्लौटी, फलेवास नपा ६, पर्वतमा ६ आना घडेरी पैतिक माइतीबाट प्राप्त, ललितपुर धापाखेलमा ६ आना सापटी गरी खरिद गरेको एकलौटी रहेको छ । आमा बालकुमारीको नाममा भिमाद २ मा ११ रोपनी ५ आना जग्गासहित घर(सगोलमा ४ दाजुभाइ, १ बहिनी ) बुवा स्व. तुलारामको नाममा भिमाद २ मा विभन्नि कित्तामा गरी करिब ९० रोपनी जग्गा रहेको छ । मन्त्री गुरुङको ४ तोला सुनः उनकी श्रीमती कृष्णकुमारी श्रेष्ठको १५ तोला रहेको छ ।

साथै उनको नगद नबिल बैक र एभरेष्ट बैंकमा खाता रहेको र विवरणमा रकम खुलाएका छैनन् । नयाँ कृषि अन्जाल सहकारीमा १० हजार, तनहुँ सूचना समाज सहकारीमा २५ हजार सेयर रहेको छ भने श्रीमती कृष्णको नाममा सेल्फी इन्भेष्टमेन्ट प्रालिमा ५ हजार कित्ता, गण्डकी प्रोपर्टी प्रालीमा १ लाख कित्ता, पोखरा रोयल सहकारी संस्थामा लिमिटेडमा १ हजार कित्ता, रोएल दिदीबहिनी किचनमा २ लाख ७५ हजार नगद लगानी, क्लिन कन्सर्न पोखरामा २ लाख, दुई छोरा (आकास÷रविन) को नाममा सेल्फी इन्भेष्टमेन्ट प्रालीमा ५÷५ हजार गरि १० हजार कित्ता सेयर रहेको छ । ५ वर्षे किस्तामा स्करपियो ऋणमा रहेको छ । तनहुँ जिल्ला आबुँखैरेनी गाउँपालिका २ घर भएका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको अन्य मन्त्रीको तुलनामा थोरै सम्पत्ति देखिन्छ । उनकी श्रीमती धनकुमारी चुमानको नाममा आपुँखैरेनी रहेको एक घर सहित विभिन्न कित्तामा करिब २१ रोपनी जग्गा रहेको छ । मन्त्री हरिबहादुर चुमानको नाममा ५ रोपनी १३ जग्गा रहेको छ । उनको साथमा १० तोलाको सुन रहेको छ ।

उनको माछापुच्छे«ृ बैंकमा २५ हजार, एभरेष्ट बैंकमा एक लाख ५० हजार रहेको छ । त्यस्तै मन्त्री चुमानको कृषि विकास बैंकमा ३२ सेयर रहेको छ । भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मुख्यमन्त्री, मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै आफ्नो समेत सम्पत्ति सार्वजनिक गरेका छन् । गोर्खा नगरपालिका ३ का मन्त्री बस्नेतको सगोल परिवारमा बाबुको नाममा लिलाबहादुर बस्नेतको नाममा २ रोपनी ८ आना, जया कुमारी बस्नेत हजुर आमाको नाममा ३ रोपनी १४ आना जग्गा रहेको छ । तीन दाजु भाइ रहेका मन्त्री बस्नेतको करिब ५० रोपनी जग्गा रहेको छ । उनको सुन १४ तोला, चाँदी १० तोला रहेको छ । उनको एनएमबी बैंकमा ५ हजार एक सय नगद रहेको छ भने नविल बैंकमा ७ हजार, एभरेष्ट बैंकमा ४ लाख ५० हजार रहेको छ । त्यसै गरी मन्त्री बस्नेतको कृषि विकास बैंकमा २ सय २३ कित्ता शेयर रहेको छ । ऋण लिने र दिने बराबरी रहेको छ । उनले कृषि बिकास बैंकबाट १० लाख ऋण लिएका थिए । यातायात मन्त्री समेत रहेका बस्नेतको सार्वजनिक बस रहेको छ । ४० लाख ५० हजार मुल्यमा उनले खरिद गरेका हुन् । गोर्खा बुक्स एण्ड स्टस्नरी २०६० सालमा २० लाखमा खरिद गरेको मन्त्री बस्नेतले जनाए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको पर्वत फलेवास नगरपालिका ५ मा २ रोपनी ५ आना र अर्को कित्तामा ३ रोपनी जग्गा रहेको छ ।

नगद ५ लाख, तुन १० तोला, चाँदी ५० तोला रहेको छ । उनको राष्ट्रिय बाणिज्य बैंकमा ३ लाख ५० हजार, ग्लोवल आइएमइमा १ लाख ५० हजार, गण्डकी विकास बैंकमा एक लाख ३९ हजार, एभरेष्ट बैंकमा ४ लाख १० हजार रहेको छ । मन्त्री लम्सालको कृषि विकास बैंकमा साधारण शेयर ३ सय कित्ता रहेको छ । उनको कृषि विकास बैंकमा १५ लाख ऋण रहेको छ । ३५ लाख ऋण लिएकोमा २० लाख किस्ता तिरेर बाँकी उक्त रकम ऋण रहेको हो । निर्माण लम्सालको नाममा ३ लाखको मोटरसाइकल र योजना लम्सालको नाममा स्कुटी रहेको छ । भूमि व्यबस्था कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा मगरको बाबु भीम बहादुर थापाको नाममा सहित सगोलमा विभिन्न कित्तामा करिब ४३ रोपनी जग्गा रहेको छ । सयुक्त परिवारमा रहेका मन्त्री थापाको गोर्खा नगरपालिका ६ मा करिब ७ आना जग्गालाई ४ करोड बैदेशीक आयबाट किनेको भनी उल्लेख गरिएको छ । उनले सगोलमा ३५ तोला सुन रहेको छ । मन्त्री थापाको कृषि विकास बैंकमा एक लाख, एभेरेष्ट बैंकमा ३ लाख ७ हजार रहेको छ । उनको बरौदी बचत तथा ऋण सहकारी संस्थामा एक सय सेयर कित्ता रहेको छ । उनको थप सम्पत्तिमा दुई गोरु र ७ वटा बाख्रा रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्