कालोबजारी रोक्न ज्ञापनपत्र «

कालोबजारी रोक्न ज्ञापनपत्र

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्न मानव अधिकार तथा शान्ति समाजले दाङका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
भाइरसको महामारीको त्रास बढीरहेका बेला दैनिक उपभोग्य वस्तुको कालोबजारी भएको भन्दै त्यसलाई तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई ज्ञापनपत्र बुझाएको हो । समाजले बजार अनुगमनलाई प्रभावकारी बनाएर आपूर्ति व्यवस्था सहज बनाउनका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पूर्व सतर्कता, अधिक सावधानी र सफाई अभियानको विस्तारमा जोड दिँदै समाजले जिल्ला जिल्लामा शान्ति समाजका सदस्यहरु परिचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्