स्थानीय सरकारका गतिविधि अद्यावधिक भएनन् «

स्थानीय सरकारका गतिविधि अद्यावधिक भएनन्

 संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लाखौं रुपैंया खर्च गरेर बनाएका जिल्लाका स्थानीय तहका वेबसाइटहरू अहिले प्रयोगविहिन भएका छन् । जिल्लाका ८ वटा गाउँपालिका र २ नगरपालिकाका बेभसाइटहरू बनाएर नियमित अपडेट नहुँदा राज्यको लगानी त्यसै खेर गएको छ । जिल्लाका रामपुर, तानसेननगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी,तिनाउँ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको अफिसियल वेबसाइटमा दैनिक सूचना तथा जानकारीहरू अपडेट नहुँदा प्रयोग विहिन जस्तै बनेका हुन् ।
 वेबसाइट निर्माणमा जिल्लाका स्थानीय सरकारले लाखौं रुपैंया खर्च गरेका छन्, उनीहरूले सोही वेबसाइटलाई व्यवस्थित गर्न भनेर केहीले एक-एक जना आइटि अफिसर तथा कम्प्यूटर अपरेटर समेत नियुक्ति गरिसकेका छन् । केहीले प्रक्रियामा रहेका छन् तर ति कर्मचारीले समेत आफ्नो कामको सही रुपमा कार्यान्वयन गर्न सकेका छैनन् ।
 जिल्लाका स्थानीय तहका प्रमुखहरू सूचना प्रविधिमा दख्खल राख्ने नभएका कारण पनि उनीहरूले त्यसलाई नियमित बनाउने, कार्यालयका सूचनाहरू सही रुपमा सम्प्रेषण गर्नमा ध्यान दिएको पाइँदैन ।यस्तै प्रमुख प्रशासकीय अधिकृत र केही पदाधिकारीले निर्माण कम्पनीसँग कमिसन खाएर बनाइएका वेबसाइटहरू अहिले प्रभावकारी रुपमा संचालन हुन नसक्दा सेवाग्राही समेत मारमा परेका छन् ।  सरकारले भ्रष्टाचार अन्त्यका लागि इपेमेन्ट, इगभरमेन्स, इविडिङ्ग लगायतका प्रविधिमा गाउँपालिका लगायतका कार्यालयहरू जानुपर्ने नीति बनाए पनि जिल्लाका गाउँपालिकाहरूले त्यसतर्फ ध्यान दिएका छैनन् । 
निस्दी गाउँपालिका 
जिल्लाको सुदुरपूर्वमा रहेको गाउँपालिका निस्दि गाउँपालिकाको वेबसाइट फेव्रुअरी २२ बाट अपडेट छैन । त्यस कार्यालयको वेबसाइटमा गृहपृष्ठ, प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता पनि कुनै पनि शीर्षकमा सम्बन्धित निकायले अपडेट गरेको देखिदैन । कार्यालयको सम्पर्क रहेको प्रोटलमा कुनै पनि कार्यालयको सम्पर्क नम्बर तथा प्रमुख वा प्रनिधिको सम्पर्क रहेको पाइदैन । जनप्रतिनिधिहरू सबैको प्रोफाइल राख्नुपर्नेमा प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको मात्रै तस्वीर राखिएको छ । यस्तै विद्युतिय सुसासन सेवा नाम दिएका प्रोटकल समेत अपडेट हुन सकेको छैन । 
रामपुर नगरपालिका 
जिल्लाको पूर्वी भेगमा रहेको रामपुर नगरपालिकाको वेबसाइट गत पुस महिनाबाट अपडेट छैन । त्यस कार्यालयको वेबसाइटमा गृहपृष्ठ, प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता पनि केहीमा बाहेक अन्य शीर्षकमा सम्बन्धित निकायले अपडेट गरेको देखिदैन । यो नगरपालिकाले अन्य गाउँपालिकाको तुलनामा वेबसाइट अपडेट गरे पनि नियमित सूचनामा चुस्तता भने देखाइएको पाइदैन । 
पूर्वखोला गाउँपालिका  पूर्वखोला गाउँपालिकाको वेबसाइटमा कुनै पनि सूचनाहरू अपडेट छैन । त्यस कार्यालयको वेबसाइटमा गृहपृष्ठ, परिचय, वडा कार्यालयहरू, कार्यक्रम तथा प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता पनि कुनै पनि शीर्षकमा सम्बन्धित निकायले अपडेट गरेको देखिदैन । कार्यालयको सम्पर्क रहेको प्रोटलमा कुनै पनि कार्यालयको सम्पर्क नम्बर तथा प्रमुख वा प्रनिधिको सम्पर्क रहेको पाइदैन । जनप्रतिनिधिहरू सबैको प्रोफाइल राख्नुपर्नेमा प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाम मात्र राखिएको छ । यस्तै विद्युतिय सुसासद सेवा नाम दिएका प्रोटकल समेत अपडेट हुन सकेको छैन । 
रम्भा गाउँपालिका
 रम्भा गाउँपालिकाले केही सूचना अपडेट गर्ने प्रयास गरेता पनि सबै प्रोटकल खाली राखेको छ । त्यस कार्यालयको वेबसाइटमा गृहपृष्ठ, परिचय, वडा कार्यालयहरू, कार्यक्रम तथा प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता पनि कुनै पनि शीर्षकहरूका क्लिक गर्दा कुनै पनि सूचना पाउन सकिदैन । 
माथागढी गाउँपालिका 
 माथागढी गाउँपालिकाले आफ््नो वेबसाइटको प्रोटलमा राख्नुपर्ने सूचनाहरू सबैमा राख्न सकेको छैन । त्यस कार्यँलयले सूचनाहरू अपडेट गर्ने प्रयास भने गरेको छ । यसले आप्mनो साइटमा घटना दर्ता, करनीति, बजेट, योजना आदि विषयको प्रोटलमा अपडेट गरेको छैन । प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको भने तस्वीर सहित राखिएको छ । अन्य वडा सम्बन्धि जानकारी भने कार्यालयको साइटमा उल्लेख छैन । त्यस कार्यालयको वेबसाइटमा गृहपृष्ठ, प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता पनि कुनै पनि शीर्षकमा सम्बन्धित निकायले अपडेट गरेको देखिदैन । कार्यालयको सम्पर्क रहेको प्रोटलमा कुनै पनि कार्यालयको सम्पर्क रहेको पाइदैन । जनप्रतिनिधिहरू सबैको प्रोफाइल राख्नुपर्नेमा प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको मात्रै तस्वीर राखिएको छ । यस्तै विद्युतिय सुशासन सेवा नाम दिएका प्रोटकल समेत अपडेट हुन सकेको छैन ।
बगनासकाली गाउँपालिका
 बगनासकाली गाउँपालिकाको वेबसाइटमा कुनै पनि सूचनाहरू अपडेट गरिएको छैन । पालिकाको साइटका कुनै पनि विषयवस्तु क्लिक गर्दा नखुल्ने गर्दछ  कार्यालयको वेबसाइटमा गृहपृष्ठ, प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता पनि कुनै पनि शीर्षकमा सम्बन्धित निकायले अपडेट गरेको देखिदैन । 
तानसेन नगरपालिका
 जिल्ला सदरमुकाम रहेको तानसेन नगरपालिकाले समेत आफ्नो साइटका सबै प्रोर्टलमा सूचना राख्न आनाकानी गरेको छ । कार्यालयले मासिक ४० हजार पारिश्रमिक दिनेगरेर सूचना अधिकृत नियुक्ती गरेपनि वेबसाइट सूचना प्रणालीलाई नियमितता दिन सकेको छैन । उसले आफ्नो साइटमा रहेका प्रोर्टलमा कुनैपनि सूचनाहरू प्रभावकारी रुपमा राखेको छैन  । शीर्षकहरू राखिएको भएता पनि कुनै पनि शीर्षकमा सम्बन्धित निकायले अपडेट गरेको देखिदैन । 
रिब्दीकोट गाउँपालिका 
 रिव्दिकोट गाउँपालिकाको वेबसाइटमा सूचना तथा समाचारमा अपडेट गर्ने प्रयास गरिएको छ भने कार्यालयको अन्य प्रोर्टल भने कुनै पनि सूचनाहरू प्रभावकारी रुपमा राखिएको छैन ।  त्यस कार्यालयको वेबसाइटमा गृहपृष्ठ, प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता पनि कुनै पनि शीर्षकमा सम्बन्धित निकायले अपडेट गरेको देखिदैन । जनप्रतिनिधिहरू सबैको प्रोफाइल राख्नुपर्नेमा प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको मात्रै तस्वीर राखिएको छ । यस्तै विद्युतिय सुसासन सेवा नाम दिएका प्रोटकल समेत अपडेट हुन सकेको छैन ।रैनादेवी छहरा गाउँपालिका ः रैनादेवी छहरा गाउँपालिकाको वेबसाइटका सबै शीर्षकहरू अपडेट छैन । त्यस कार्यालयको वेबसाइटमा गृहपृष्ठ, प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता पनि कुनै पनि शीर्षकमा भएका कामको नियमित अपडेट गरेको देखिदैन । कार्यालयले अन्य गाउँपालिकाको तुलनामा सूचना तथा समाचारहरू पनि नियमित अपडेट गरेको पाइन्छ । 
तिनाउँ गाउँपालिका 
कार्यालयको वेबसाइटमा गृहपृष्ठ, प्रतिवेदनहरू, सूचना, करनीति, बोलपत्र, सूचना तथा जानकारी, ग्यालरी, सम्पर्क, योजना तथा परियोजना लगायतका शीर्षकहरू राखिएको भएता अपडेट भएको छैन । कार्यालयले अन्य गाउँपालिकाले भन्दा वेबसाइटलाई अपडेट गर्न खोजेपनि प्रभावकारी भने बनेको छैन ।कार्यालयले केन्द्रीय लिंङ्क तथा गाउँपालिकाका समाचार तथा सूचनालाई भने साइटमा व्यवस्थापन गरेको छ ।
 ४० हजार खाने कर्मचारी, तर काम गर्दैनन् 
जिल्लाका स्थानीय तहहरूमा सूचना अधिकृतका रुपमा ४० हजारसम्म तलब भत्ता सुविधा दिएर गाउँपालिका र नगरपालिकाले कर्मचारी नियुक्त गरेपनि अहिले उनीहरू केही प्रतिनिधिको आसेपासे र हाकिमको नजिक हुने तर कार्यालयको सूचना व्यवस्थापनमा काम नगरेको देखिन्छ । उनीहरूले गाउँपालिका र वडाहरूको सूचना व्यवस्थापन, साइट व्यवस्थापन र नियमित सूचना सम्प्रेषण गर्नुपर्नेमा त्यसो गरेको पाइदैन । 
के भन्छन् सरकार प्रमुखहरू ?
वेबसाइटको विषयमा तिनाउँ गाउँपालिकाका प्रमुख ओम घर्तीले आफू वेबसाइटको विषयमा बढी ज्ञान नभएकाले आइटी अफिसरलाई भनेर तुरुन्तै काम गराउने बताए । रैनादेवी छहरा गाउँपालिकाका प्रमुख रामबहादुर कार्कीले ४२ हजार तलव खाने कर्मचारीलाई तुरुन्तै काम गर्न निर्देशन दिने बताए । रिव्दिकोट गाउँपालिकाको प्रमुख नारायण जिसीले गाउँपालिकालाई सूचना संजालमा जोड्नुपर्ने दायित्व पालिकाको भएकाले त्यसलाई तुरुन्तै व्यवस्थापन गरिने बताए । माथागढी गाउँपालिकाका प्रमुख सन्तोष थापाले सूचना अधिकृत नियुक्ति ढिलो गरिएकाले सूचना अपडेट नभएको बताए । उनले विभिन्न नीतिहरू बनाएर राजपत्रमा प्रकाशित गर्ने तयारी रहेकाले अब केही हप्तापछि नियमित वेबसाइट अपडेटमा पालिकाले ध्यान दिने बताए । 
बगनासकाली गाउँपालिकाका प्रमुख कृष्ण प्रसाद बस्यालले आफूहरू सूचनालाई प्रभावकारी चुस्तता दिन लागि परेको बताए । रम्भा गाउँपालिकाका प्रमुख विष्णु भण्डारीले कर्मचारी नियुक्ती गरि काम संचालन प्रक्रियामा रहेको बताए । पूर्वखोला गाउँपालिकाका प्रमुख नुनबहादुर थापाले आइटि अफिसर छनौट प्रक्रियामा रहेको, गाउँपालिकाले सूचना संञ्जाल जोड्न इन्टरनेट व्यवस्थापनमा लागेकाले केही समयपछि नियमित काम हुने बताए । निस्दी गाउँपालिका प्रमुख मुक्त बहादुर सारुले दुर्गम पालिका भएकाले सूचना प्रविधिलाई अपडेट गर्न कठिनाइ भएको बताए । रामपुर नगरका मेयर रमणबहादुर थापाले सूचना प्रविधि अफिसरको काम नियमित सूचना अपडेट गर्ने भएकाले काम नगरेमा कारवाही गर्ने बताए । तानसेन नगरका मेयर अशोक शाहीले भने यस विषयमा आफूले सूचना अधिकृतलाई नियमित अपडेट गर्न भनेको तर काम नभएकोमा तुरुन्तै काम गराउने प्रतिक्रिया दिए । 

अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्