सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग प्रदान «

सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच १ लाख रुपैयाँको चेक आसमानलाई हस्तान्तरण गरिएको हो । करिब २९ वर्षदेखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तीकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको सेन्ट मेरिज स्कुलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन ‘आसमान’ ले उक्त आर्थिक सहयोग पिछडिएका विद्यार्थीहरूको उत्थनमा प्रयोग गर्ने जनाएको छ ।
यस प्रकारको सहयोगबाट महिला तथा बालबालिकाको सशक्तीकरण, सबलीकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदैै आएको यस बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्