इन्धनको मूल्य घट्यो «

इन्धनको मूल्य घट्यो

विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य घटे पनि नेपालमा भने पेट्रोलियम पदार्थको न्यूनमात्र मूल्य समायोजन गरेको छ । नेपाल नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ र डिजेल र मटीतेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । यसैगरी, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ४ रुपैयाँ ५० पैसाले घटाइ प्रतिलिटर ९० कायम गरिएको छ । खाना पकाउने एलपी ग्यास र वाह्य उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । यसैबीच, ग्यास उद्योगी र विक्रेताले उपभोक्ताले अनावश्यक सञ्चय गरेका कारण अभाव भएको भन्दै नयाँ सिलिण्डर बिक्री नगर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्