९० वर्षमाथिका भूपू सैनिकलाई मासिक भत्ता «

९० वर्षमाथिका भूपू सैनिकलाई मासिक भत्ता

नेपाली सेनाले ९० वर्षभन्दा माथिका अवकासप्राप्त सैनिकलाई विशेष भत्ता उपलव्ध गराउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार ९० देखि ९९ वर्ष उमेरका भूपू सैनिकलाई जनही ३ हजार र १०० वर्षमाथिकालाई मासिक १० हजार भत्तासहित विशेष सम्मानको व्यवस्था गर्न लागेको हो । पूर्वी पृतना मूख्यालय अन्तर्गतका २३ गतदेखि जारी भूपू सैनिक सम्मेलनका क्रममा सेनाले यो कार्यक्रम सार्वजनिक गरेको हो । यो विशेष प्याकेज सैनिक कल्याणकारी कोषको बजेटबाट सञ्चालन गरिने छ । यो व्यवस्था माघ १ गते देखि नै लागू हुनेगरी कार्यान्वयनमा ल्याइन लागिएको सेनाले जनाएको छ । सेनाले अवकासप्राप्त सैनिक अन्तर्गत अव उमेर समूहको विवरण संकलन कार्य अघि बढाएको छ । सेनाले ९० देखि ९९ वर्ष उमेरका भूपू सैनिकलाई ‘पूर्व सताव्दी मासिक भत्ता’ र १०० वर्ष माथिलाई ‘सताव्दी मासिक भत्ता’को रुपमा बर्गीकरण गरेको छ । ४० वर्ष अघि स्थापना गरिएको सैनिक कल्याणकारी कोषले बहालवाला तथा अवकासप्राप्त कर्मचारी तथा त्यसका हितधिकारीका लागि विभिन्न कल्याणकाी योजना सञ्चालन गर्दै आएको छ । पछिल्लो आँकडा अनुसार चल-अचल गरी ४५ अर्ब भन्दा बढीको पुँजी रहेको कोषको लाभ बहालवाला तथा अवकासप्राप्त सेना तथा तिनका हिताधिकारी गरी ८ लाखले लिँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्