सिटिजन्स बैंकको दुई नायाँ बचत खाता «

सिटिजन्स बैंकको दुई नायाँ बचत खाता

सिटिजन्स बैंक इन्टरनेसनलले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेसाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाता को शुभारम्भ गरेको छ । ५ हजार रुपैयाँमा खाताखोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशतको उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभसमेत प्राप्तगर्न सक्ने बैकले जानकारी गराएको छ ।
साथै यस योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति ५० हजार रुपैयाँको स्वास्थ्य बिमा (अस्पताल भर्ना खर्च) र ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुने भन्दै बैंकले शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशत ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापनका लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको पनि जनाएको छ ।
यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति २५ हजार रुपैयाँको स्वास्थ्य बिमा (अस्पताल भर्ना खर्च) र ३ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराइनेछ । उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दवबै योजनाअन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।
यी दुवै योजनामा निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्बा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा (मोबाइल), अनलाइन कारोबार गर्न सुरक्षित थ्री डि सैक्योर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट-स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, नेपालभरिका जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध रहेको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्