बजार अनुगमन गर्न समितिको निर्देशन «

बजार अनुगमन गर्न समितिको निर्देशन

पोखरा-गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजार अनुगमन तीव्र पार्न निर्देशन दिएको छ । कोरोना भाइरसको निहुँमा बजारमा कृतिम अभाव सृजना गरी दैनिक उपभोग्य वस्तु अभाव र मुल्यवृद्धि भएको गुनासो आएकाले बजार अनुगमन गर्न निर्देशन दिएको हो ।
आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरुसँग बजारको पछिल्लो अवस्थाका बारेमा छलफल गर्दै समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न समेत सुझाव दिएको छ । त्रैमासिक रुपमा अर्थ तथा विकास समितिमा अनुगमनको प्रतिवेदन पेश गर्न आग्रह गर्दै समितिका सभापति दीपक कोइरालाले विसम परिस्थितिको फाइदा कसैले पनि उठाउन नहुने बताए ।
अनुगमन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज आचार्यले अनुगमनको क्रममा उपभोक्ताले स्टक राख्ने, व्यापारीले मौका छोप्ने जस्ता क्रियाकलाप गरेको पाइएकोले बजारमा केही समस्या देखिएको बताए । सरकारी समन्यन्त्रबाट नियमन र अनुगमन बढि आवश्यक देखएिको उनको सुझाव थियो ।
मास्कमा कालोबजारी गर्नेलाई कारावाही भएको भन्दै बजार अनुगमन तिव्र रुपमा गरिएको उनले जनाए । उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले खाद्यान सामग्री पर्याप्त मौज्दात रहेको बताएपनि बजारमा समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्