चट्याङ लागेर दुईजनाको मृत्यु

बर्दियामा चट्याङ लागेर २ जनाको ज्यान गएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर ठाकुरबाबा नगरपालिका–३ मिर्चैयामा गोविन्दपुरकी ७० वर्षीया मिश्री थारु र उनकी ४५ वर्षीया बुहारी फुलरानी थारुको मृत्यु भएको हो । बर्दियामा चट्याङ लागेर २ जनाको ज्यान गएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर ठाकुरबाबा नगरपालिका–३ मिर्चैयामा गोविन्दपुरकी ७० वर्षीया मिश्री थारु र उनकी ४५ वर्षीया बुहारी फुलरानी थारुको मृत्यु भएको हो ।
शनिबार दिउँसो सासु बुहारी बग्नाहाबाट फर्कने क्रममा बाटोमै उनीहरुलाई चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । शनिबार साँझ हावाहुरीसँगै आकाश गड्याङ्गगुडुङ्ग गर्दै असिना पानी परेको थियो । त्यसैबेला उनीहरुलाई चट्याङ लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरुको शव बाँसको झाँग नजिकैको खाल्डोमा फेला परेको हुँदा पानीबाट ओत लाग्न बाँसको झांग मुनी गएको बेला चट्याङले हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।