Logo

जगदम्बा स्टिल्सको पुरस्कार

सामाजिक उत्तरदायित्वको क्षेत्रमा जगदम्बा स्टिल्सको सह्रानीय कदम शंकर गु्रपअन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स् कम्पनीको समाजिक उत्तरदायित्वअन्तर्गत पाँचौं पटक बिहीबार इन्जिनियररिङ अध्ययन संस्थान, थापाथली क्यापस हल प्रांगणमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरेको छ ।
शंकर गु्रपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । उक्त कार्यक्रममा जगदम्बा स्टिल्सबाट पदम प्रसाईद्वारा आयुषा खनाललाई स्वर्ण पदकसहित ५१ हजार रुपैयाँको चेक प्रदान गरियो । खनालले २०७२ सालमा इन्जिनियरिङ अध्ययन संस्थानद्वारा सञ्चालित परीक्षामा क्यापसमा प्रथम भएबापत उक्त पुरस्कार हासिल गरेकी हुन् ।
उक्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रो. डा. धर्मकान्त बाँस्कोटा प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा क्याम्पस प्रमुख जनार्दन भट्टको पनि उपस्थिति रहेको जगदम्बा स्टिल्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्