स्प्राइटको नयाँ योजना «

स्प्राइटको नयाँ योजना

स्प्राइटले समर क्याम्पेन ‘स्प्राइट लगाऊँ, प्यास बुझाउँ’ को टिभीसी सार्वजनिक गरेको छ । गर्मीको आगमनसँगै स्प्राइटले उपभोक्ताहरूलाई शीतल राखेर घामको तापमा पनि स्प्रष्टसँग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको कम्पनीले जनाएको छ । नयाँ टिभीसीमा स्प्राइटकै ब्रान्ड एम्बेस्डर अनमोल केसी छन् ।
यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ । जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरूको सामना गर्छौं । टिभीसीको सुरुवातमा गर्मीको दिनमा पसिनाले धेरै भिजेका अनमोल केसी बस स्टपमा बस पर्खिरहेका हुन्छन् । अनमोल बसमा चढ्छन् र एउटा मात्र खाली रहेको सिटमा बस्न लागिरहँदा एक जना आपत्तिजनक मानिसले उसलाई धक्का दिएर आफू बस्छ । पहिले नैै बस एकदम भीड थियो त्यसमाथि गर्मी पनि थियो । तर, त्यो मानिसको असभ्य व्यवहारले अझ बढी असहनीय बनाइरहेको हुन्छ । उसले बसको सहचालकसहित सबैलाई दिक्दार बनाउँदै एसीको माग गरिरहेका हुन्छन् र मौसमका बारेमा गुनासो गरिरहेका हुन्छन् ।
उसको व्यहोराले सबैको पारो ततायो, अनमोल केसीले आफूलाई चिसो स्प्राइटले शान्त बनाए । त्यसपछि अनमोलले असभ्य मान्छेलाई हेरे र तीक्षण तरिकाले स्प्राइटको बोतल देखाउँदै ‘हाम्रो एसी’ भनेर देखाए । असभ्य मान्छे आश्चर्यचकित भयो र अनुहारमा असजिलोपन महसुस गर्दै बस्यो । टिभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, “हामी सबैले चुनौतीपूर्ण व्यक्तिहरू भेटेका हुन्छौं जसले कहिलेकाहीँ हाम्रो धैर्यताको जाँच गर्छन् । स्प्राइट जहिले पनि एक रिफ्रेसिङ पेय पदार्थका रूपमा परिचित छ जसले हामीलाई शान्त राख्न मद्दत गर्छ । तसर्थ जब परिस्थितिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राइट पिउनुहोस् र आफूलाई शान्त राख्नुहोस् ।”

 

प्रतिक्रिया दिनुहोस्