कोभिड–१९ अनुसन्धानमा बाइडुको एआई «

कोभिड–१९ अनुसन्धानमा बाइडुको एआई

 कोरोना भाइरस वा कोभिड–१९ले चिनियाँ केन्द्रबिन्दुमा कमजोर भएर विश्वका १०० भन्दा बढी देशमा फैलिरहेको छ । विश्वभर १ लाख बढी संक्रमित फेला परिसकेका छन् भने ४ हजार बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म यसमा बढी संख्या चिनियाँहरूको रहेको छ । संयुक्त राष्ट्रसंघको स्वास्थसम्बन्धी नियोग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई स्वास्थ्यको क्षेत्रमा विश्वव्यापी संकट घोषणा गरिसकेको छ ।
यसको ठोस उपायको खोजी र रोकथाममा विभिन्न प्रविधि र विज्ञानसम्बन्धी प्रतिष्ठान क्रियाशील रहेको छ । बाइडुले यससम्बन्धी केही विषयवस्तु सार्वजनिक गरे अनुसार सन् २००३ मा फैलिएको सार्स भाइरसको तुलनामा नयाँ प्रविधिले सहयोग पु-याइरहेको छ । कोरोना भाइरसको बारेमा बुझ्न, रोकथामको निर्देशन पत्ता लगाउन र भाइससम्बन्धी अनुसन्धानमा सहयोग गर्न अहिले प्रविधिले सहयोग गरिरहेको छ ।
हालका वर्षमा स्वास्थ्य हेरचाहको क्षेत्रमा कृत्रिम बौद्धिकता एआईले महत्वपूर्ण रूपमा भूमिका खेल्न शुरू गरेको छ । कम्प्युटर क्षेत्रको उन्नत कम्प्युटिङ विधि र डेटा विश्लेषण उपकरणहरूले सूचना साझा गरिरहन र अभ्यासको विवेचना गरिरहन सक्षम भएका छन् । रोगसम्बन्धी गहिरो अध्ययन, संक्रमणका बारेमा एआईको उपयोग भइरहेको छ । कोरोना भाइरसको विषयमा ठोस अध्ययन गर्न विश्वका सरकारी नियोग र निजी कम्पनीहरूले एआईका प्रविधिको उपयोग गरिरहेका छन् ।
कोरोना भाइरस द्रुतगतिमा फैलिने भएकाले चिकित्सा क्षेत्रका विज्ञहरूले प्राथमिकताका साथ यसको संरचनाको व्याख्या गर्न खोजिरहेका छन् । कोभिड–१९ले दु्रतगतिमा आफ्नो संख्या बढाइरहेकाले यसको खोप बनाउन विज्ञहरूलाई गाह्रो भइरहेको छ । यस्तो जटिल प्रकृतिको भाइरसको बारेमा अनुसन्धानलाई बाइडुले सघाइरहेको छ । यसको अनुसन्धान टोलीले ‘लाइन फोल्ड एल्गोरिदम’को विकास गरेको छ । यसले वैज्ञानिक र चिकित्साकर्मीलाई भाइरस विरूद्धको लडाइँमा सहयोग गर्छ । लाइन फोल्ड एल्गोरिदमको विकास ओरेगन स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ रोकस्टरको साझेदारीमा सन् २०१९ मा गरियो । परम्परागत आरएनए फोल्डिङ एल्गोरिदमको तुलनामा यो निकै द्रुतगतिको छ । आरएनए संरचनाको दोस्रो बनोटको पूर्वानुमान गर्न यो द्रुतगतिको छ । चमेरो र मानवजस्ता भाइरसका सिक्वेन्सलाई व्याख्या गर्न यो उपयोगी भइरहेको छ । बाइडुका एआई वैज्ञानिकहरूले कोभिड–१९ आरएनए सिक्वेन्सको दोस्रो संरचनाको पूर्वानुमान गर्न प्रयोग गरेका छन् । ५५ मिनेटको व्याख्यालाई २७ सेकेन्डमा घटाएर गर्ने क्षमताको यो व्याख्या हो । यसको अर्थ यो १२० गुना द्रुतगतिको छ ।
आरएनएको सन्देशवाहकको दोस्रो संरचनाबारे हालै अध्ययन गरिएका छन् । यो सन्देशवाहक आरएनए आरएनएको एक भर्सन हो । यसले कोषहरूलाई प्रोटिन बनाउन निर्देश गर्छ । यो जीवनको आधा गतिविधिसँग सम्बन्धित हुन्छ । अनि यसले प्रोटिन अनुवाद प्रक्रियामा असर गर्छ । द्रुतगतिमा भाइरल हुने संरचनाको व्याख्यामा पहुँच कायम गर्न कम समयको महत्व धेरै हुन्छ । यसबाट सन्देशवाहक आरएनएको व्याख्याले भाइरसको खोप बनाउन सम्भावना बढाइदिएको छ । यसबाट मानिसहरूको ज्यान जोगाउने अवसर दिनेछ । बाइडुले यसका लागि स्वास्थ्य प्रतिष्ठानसँग मिलेर काम गरिरहेको छ । बाइडुका अधिकारी हाइफेङ वाङले यो प्रविधिको सहयोगमा अनुसन्धानकर्ताहरूले भाइरसको खोप छिट्टै फैला पार्न सक्ने विश्वास व्यक्त गरे ।
द्रुतगतिमा यो भाइरस सर्ने भएकाले यसको पर्यवेक्षण गर्ने उपकरण वास्तविक समयमा प्रभावकारी र सुरक्षित तवरले स्क्रिनिङ गरिरहेको छ । उच्च आवागमन भएको ठाउँमा यो प्रविधिले स्क्रिनिङ गरिहेको छ । कोरोना भाइरस फैलिन सक्ने ठूलो चाप भएको ट्राफिक स्टेशनमा यो एआईयुक्त प्रविधिको प्रयोग भइरहेको छ । बाइडुले एआई शक्तिकृत स्पर्श बिना इन्फ्रारेड सेन्सर प्रणालीको विकास गरेको छ । यसले उपयोगकर्तालाई धेरै मानिसको तापक्रमको मापन गर्न सक्ने र लक्षणहरूको पत्ता लगाउन सक्ने क्षमता उपलब्ध गराउँछ । यस्तो प्रविधिले बेइजिङको किङहे रेलवे स्टेशनमा अहिले काम गरिरहेको छ । यसले संक्रमित यात्रुको पहिचान गरिरहेको छ । यात्रुको प्रवाहमा कुनै किसिमको अवरोध सिर्जना नगरी एक मिनेटमा २०० मानिसको परीक्षण गर्न सक्छ ।

तापक्रम मापन गर्ने परम्परागत थर्मोमिटरको प्रयोग गर्दा यो भाइरस सर्ने जोखिम बढी हुन्छ । यसको विकल्पमा बाइडुले एआर्ई टेम्परेचर सेन्सर सिस्टमको विकास गरेको छ । यो सिस्टमले अनावश्यक जोखिम हटाएर सुरक्षित साथ ठोस तापक्रम मापन गर्न नसक्ने बाइडुका पदाधिकारी वाङले जनाए । यसका अतिरिक्त बाइडुले एक नयाँ मोडलले भीडमा कोही मास्क पहिरिरहेको छ कि छैन त्यसको पनि पत्ता लगाउँछ । यो मोडलले ९७.२७ प्रतिशत शुद्धताको दाबी गरेको छ । यो भाइरस निरन्तर फैलिरहे यो उपकरण यसको जानकारी दिने एक उपयोगी उपकरण हुन्छ ।
क्लिनिक र अस्पतालमा सीटी स्क्यान प्रविधि रोग पत्ता लगाउन प्रयोग गरिन्छ । कोभिड–१९को भाइरसले हुने न्युमोनियाको निदान खोज्न प्राथमिकरूपमा सीटी स्क्यानको प्रयोग गरिन्छ । बाइडुले यस्तो विषय पत्ता लगाउन पहिलो खुला स्रोत एआई मोडलको विकास चीनमा गरेको छ । यो मोडले सजिलै कोरोना भाइरस जस्ता भाइरसलाई पत्ता लगाउन सक्छ । यो प्लेटफर्मलाई प्याडलप्याडल भनिएको हो ।

यसका अतिरिक्त धेरै जनसंख्या र थोरै चिकित्सास्रोत भएको क्षेत्रमा अनलाइनबाट अपरिहार्य उपचार उपलब्ध गराउन सकिने प्रविधिको बाइडुले विकास गरेको छ । बाइडुको अनलाइन डक्टर सल्लाह प्लेटर्फमले कोभिड–१९को बारेमा आवश्यक जानकारी उपलब्ध गराउँछ । अहिले यो प्लेटफर्ममा १ लाख बढी डाक्टरको सञ्जाल बनिसकेको छ । डेढ करोड सोधपुछ यो प्लेटफर्ममा सोधिएको छ । साथै स्वचालित टेलिकम्युनिकेसन सुविधा पनि मूल्यवान सूचना र जानकारी प्राप्त गर्न प्रयोग गर्न सकिन्छ । बाइडुले यसका लागि रोबोकल प्लेटफर्म बनाएको छ । यसले तीस लाख स्वचालित फोन कल गरेको छ । एक सेकेन्डमा १५०० कल गरिएको छ ।
एआई र ठूला डेटाले घटना र स्थानविशेषको बुझाइ ठोस पार्न सहयोग गर्न सक्छ । बास्टन चिल्ड्रेन हस्पिटलले स्वचालित हेल्थ म्याप सिस्टमको प्रयोग ग-यो । यसले चीन बाहिरका कोभिड–१९बारे जानकारी गराउँछ । यसले यसबारे सचेतना जगाउँछ । भाइरसबारे पहिलो आधा घन्टामा पहिलो वार्निङ घन्टी बजाउँछ । बाइडुको यो म्यापले कुन क्षेत्रमा कति जोखिम छ त्यसको पहिचान गराउँछ । यसले चिकित्साकर्मीसमेतलाई उपचारलाई जोखिम बिना सहयोग पु-याउन मद्दत गर्छ ।
स्वचालित वाहनले स्पर्श बिना एक ठाउँबाट अर्को ठाउँमा पु-याउने काम गर्छ । स्वास्थ्य हेरचाहमा सक्रिय पेशाकर्मीका लागि आवश्यक वस्तु ल्याइपु-याउन सहयोग गर्छ । बाइडुको स्वचालित वाहनको प्लेटफर्म एपोलो हो । यसले स्थानीय सेल्फ ड्राइभिङ स्टार्टअप नियोलिक्ससँग साझेदारी गरेको छ । यसले बेइजिङको हाइदियान हस्पिटलमा खाद्यान्नलगायत अन्य आपूर्तिका सामान आपूर्ति गर्छ । बाइडुको एपोलोले कम गतिको चालकविहीन सानो कारकिट बनाएको छ । यो कम्पनी कोरोना भाइरस विरूद्धको लडाइँमा अहिले निःशुल्क सेवा उपलब्ध गराइरहेको छ ।
चीन बाहिर कोरोना भाइरस विश्वभरि फैलिरहेको बेला सर्वाधिक प्रभावित क्षेत्रको रूपमा इटली देखिएको छ । इटली र कोरियाका सरकारी नियोगहरूले बाइडु जस्ता एआई उपयोग गर्ने कम्पनीको सहयोग लिइरहेका छन् । एआर्ई प्रविधिले उपलब्ध गराउने सेवाबाट कोरोनालाई फैलिन रोक्छ । एआई प्रविधिले जोखिम कम गराइ विश्वसनीय सेवा उपलब्ध गराउँछ । कोरोना भाइरसको महामारीले डिजिटल कनेक्टिभिटीको क्षेत्र र शक्तिलाई व्यवहारिक रूपमा बुझ्न मद्दत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्