२५५ मानसिक रोगी परामर्शमा

डेल्धुरामा बर्सेनि मानसिक रोगी बढ्दै गएका छन । जिल्लामा मानसिक रोगीको संख्या दिन प्रतिदिन बढदै गएको मानसिक रोगका क्षेत्रमा जिल्लामा क्रियाशील मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी ) नेपालले जनाएको छ ।
सीएमसी नेपालद्वारा डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा सो संस्थाका मानसिक रोग विशेषज्ञ सुमन अर्यालले मानसिक रोगको समयमै उपचार गर्न सकिएमा जटिल स्वास्थ्य समस्या नदेखिने जानकारी दिए । सीएमसी नेपालका मानसिक स्वास्थ्य संयोजक विष्णु प्रजापतिले डडेल्धुरामा मानसिक रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिन थालेको जानकारी दिए । उनले डडेल्धुरामा रहेका स्वास्थ्य संस्थामा चालू आवदेखि हालसम्म २५५ जना मानसिक रोगको समस्या भएका नागरिक परामर्शमा आएको जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका मानसिक स्वास्थ्य स्रोतब्यक्ति प्रेमसिंह ऐरले स्वास्थ्यकर्मीसँगको परामर्शमा रहेका व्यक्तिबाहेक अन्य व्यक्तिमा रोग लुकाउने प्रवृत्तिका कारण यो समस्या बढी हुनसक्ने जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जोगबुडा अस्पतालमा ५० जना, बगरकोट स्वास्थ्य चौकीमा ३९, नवदुर्गा स्वास्थ्य चौकीमा ४३, चमडा स्वास्थ्य चौकीमा ४८, आलिताल स्वास्थ्य चौकीमा १२ र देवल दिव्यपुर स्वास्थ्य चौकीमा ६३ जना गरी कुल २५५ जना मानसिक रोगीलाई निःशुल्क परामर्श तथा नियमित उपचार गरिएको छ ।