ई–सेवाबाट बिमाको प्रिमियम भुक्तानी गर्दा छुट «

ई–सेवाबाट बिमाको प्रिमियम भुक्तानी गर्दा छुट

जीवन बिमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ई–सेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस उपहार योजनामा कुनै पनि जीवन बिमाको प्रिमियम ई–सेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय रुपैयाँसम्म कमाउनुको साथै २५ हजार रुपैयाँबराबरको मोबाइल जित्न सकिनेछ ।
यस योजनाअन्तर्गत एक महिनामा २० देखि ४९ वटा बिमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा सयवटा भन्दामाथि कारोबार गर्नेले प्रतिकारोबार सय रुपैयाँ इन्सेन्टिभ पाउने कम्पनीले जनाएको छ ।
यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुवैमा लागू हुनेछ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागू हुनेछ । यस योजनाको इन्सेन्टिभ रकमहरेक महिना गणना हुने र आगामी महिनाको २ साताभित्र ग्राहकको ई–सेवा खातामा उपलब्ध गराइने पनि कम्पनीले जनायो । ५ महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्सको भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रुपैयाँबराबरको मोबाइल समेत प्राप्तगर्न सक्ने कम्पनीले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्