सामसङको नाफा घट्ने

यो वर्षको पहिलो त्रैमासिक अवधिमा सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन नाफा अघिल्लो त्रैमासको १५.१ ट्रिलियन वन अर्थात् १४.१ अर्ब डलरबाट घट्ने सम्भावना देखिएको छ । डिस्प्लेको माग र मूल्य ओरालो लागेसँगै नाफा ओरालो लाग्ने विश्लेषकहरूले बताएका छन् ।
दक्षिण कोरियाली प्रविधि कम्पनीले गत वर्षको चौथो त्रैमासिक अवधिमा ६५.९ ट्रिलियन वनको बिक्रीमा १५.१५ ट्रिलियन वन नाफा गरेको थियो ।
गत वर्षको पूरै अवधिमा कम्पनीको बिक्री र सञ्चालन नाफा क्रमशः २३९.५ ट्रिलियन वन र ५३.६५ ट्रिलियन वन कायम भएको थियो । यो अघिल्लो वर्षको तुलनामा क्रमशः १८.६ प्रतिशत र ८३.४ प्रतिशतले बढी हो ।
“हामीले अघिल्लो त्रैमासको तुलनामा जनवरीदेखि मार्चसम्मको अवधिमा सञ्चालन नाफा ४.८ प्रतिशतमा झरेर १४.४ ट्रिलियन वन कायम हुने अपेक्षा गरेका छौ ,” आईबीके इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीका किम वुन होले बताए । डिस्प्लेको माग र बिक्रीमा आएको कमीका कारण सञ्चालन नाफा ओरालो लाग्ने आफूले देखेको उनले बताए ।