‘अस्वाभाविक मूल्य बढाउनेलाई कडा कारबाही’ «
Logo

‘अस्वाभाविक मूल्य बढाउनेलाई कडा कारबाही’

सरकारले भारतका कुनै पनि नाकाबाट हुने व्यापारमा अवरोध नभएको भन्दै दैनिक उपभोग्य सामाग्री अनावश्यक रूपमा घरमा नथुपार्न आग्रह गरेको छ । मंगलबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समिति रट निजी क्षेत्रसँगको छलफलपछि सरकारले दैनिक उपभोग्य सामाग्री अनावश्यक रूपमा घरमा नथुपार्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले औषधि, ग्यासलगायत दैनिक आवश्यक उपभोग्य वस्तु अस्वाभाविक रूपमा खरिद गरेर संचित नगर्न आग्रह गरेका छन् । उनले भारतले प्रतिबन्ध लगायतका केही औषधिजन्यवाहेक अन्य उपभोग्य वस्तुमा कुनै समस्या नरहेको भन्दै बजारमा आउने उपोभोक्तालाई पनि पर्याप्त परिमाणमा दैनिक उपभोग्य वस्तु मौज्दात गरेको जानकारी गराउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । मन्त्री खतिवडाले उद्योगी व्यवसायीहरूले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताए । “निजी क्षेत्रका प्रतिनिधिहरूबाट ४ देखि ६ महिनालाई पुग्ने ओषधि, ६ महिनालाई पुग्ने खाद्यान्न र ३ महिनालाई पुग्ने पेट्रोलियम पदार्थको मौज्दात रहेको जानकारी प्राप्त भएको छ,” उनले भने, “आवश्यकताभन्दा धेरै सामान किनेर घरमा नथुापार्नसबैमा आग्रह छ ।” बजारमा कृत्रिम अभाव सिर्जना नगर्न व्यापारीलाई आग्रह गर्दै यदि कसैले कालाबजारी गरे सामाजिक अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
सरकारले नेपाल आयात हुने औषधिमा भारतले लगाएको रोक्का फुकाउन कुटनीतिक पहल गरेको छ । बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले विमानस्थललगायतका नाकाबाट संक्रमण फैलिनसक्नेतर्फ सरकारलाई सचेत गराउँदै भारतले प्रतिबन्ध लगाएको औषधीजन्य वस्तु खुलाउन सरकारले पत्राचार गरेको मन्त्री खतिवडाले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उद्योगी व्यवसायीहरूले चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले अब जोखिमरहित अवस्थामा रसुवागढी र तातोपानी नाकामा रोकिएका वस्तुलाई ल्याउन दिन मागसमेत गरेका छन् ।
अस्वाभाविक मूल्य बढाउने र कृत्रिम अभाव गराउनेलाई सरकारले सामाजिक अपराधको रूपमा लिने र सोहीअनुसार कारबाहीको दायरामा पनि ल्याउन सरकारले पहल अगाडि बढाएको छ । मन्त्री डा. खतिवडाले मास्कको उत्पादन निजी क्षेत्रले सुरु गरिसकेको भएर अब बजारमा मास्कको अभाव हुन नदिने जानकारी गराए । मास्कको पनि वर्गीकरण हुने भएकाले बढी जोखिम बहन गर्नेहरूले लगाउनु मास्कको विषयमा स्वास्थ्य मन्त्रालयले सुसूचित गर्ने विषयमा छलफल भएको उनको भनाइ थियो ।
अहिले चीनतर्फको कारोबार घट्दै गएकाले तातोपानी र रसुवागढी नाकामा धेरै समयदेखि सामान रोकिएको भन्दै ती सामान सुरक्षित रहने अवस्थासम्म त्यस्तो व्यापारलाई अघि बढाउने विषयमा सुझाव आएको बताए । त्यसका लागि विभिन्न मन्त्रालयसँग बसेर छलफल गर्ने बताए । छलफलका क्रममा आन्तरिक उत्पादन बढाउने मौका भएकोले औषधि उत्पादक संघले ८० प्रतिशत उत्पादन गर्ने प्रतिबद्धता जनाएको बताए । दैनिक उपभोग्य बस्तुहरूको अवस्थाको विषयमा निजी क्षेत्रले पनि छुट्टै छलफल कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्