यी हुन् विश्वका १५ धनी सहर

भौतिक सम्पत्तिसँग जोडिएका बोस्टन, कालगेरी, पर्थ र मकाउ विश्वका शीर्ष १५ धनी सहरको सूचीमा पर्न असफल भएको बजार अनुसन्धान फर्म न्यू वल्र्ड वेल्थले संकलन गरेको तथ्यांकले देखाएको छ ।
अनुसन्धानकर्मीहरूले संकलन गरेको तथ्यांकले सूचीमा परेका सहरहरूमा सबै व्यक्तिले लिएको निजी सम्पत्तिलाई प्रतिविम्वित गरेको छ । परम्परागत रेटिङको विपरीत यो सूची कुल गार्हस्थ्य उत्पादनमा आधारित छैन । तर, यसले सबै सम्पत्तिलाई समेटेको छ । सम्पत्ति, नगद, इक्विटी र व्यावसायिक स्वार्थलगायतका विषय यसमा समावेश गरिएको छ । यसमा व्यक्तिको दायित्व समावेश गरिएको छैन भने सरकारी कोषलाई समावेश गरिएको छ ।
शीर्ष धनी १५ को सूचीमा अनुसन्धानमूलक फर्मले हाउसटन, जेनेभा, ओसाका, सोल, सेनझेन, मेलबर्न, जुरिच र डलास पनि परेका छैनन् ।
सूचीका अनुसार पहिलो धनी सहरका रूपमा अमेरिकाको न्युयोर्क परेको छ । यो सहरको कुल सम्पत्ति ३ ट्रिलियन डलर रहेको फर्मले जनाएको छ । दोस्रो धनी सहरमा लन्डन परेको छ । लन्डनको सम्पत्ति २.७ ट्रिलियन डलर छ । यसपछि एसियाली सहर टोकियो तेस्रो स्थानमा छ । टोकियोको कुल सम्पत्ति २.५ ट्रिलियन डलर रहेको फर्मको निष्कर्ष छ । यसपछि चौथो, पाचौ र छैठौमा क्रमशः २.३ ट्रिलियन, २.२ ट्रिलियन र २ ट्रिलियन डलरका साथ सन् फ्रान्सिस्को, बेइजिङ र सांघाई परेका छन् । यसपछि सातौ, आठौं र नवौंमा क्रमशः १.४ ट्रिलियन, १.३ ट्रिलियन र १ ट्रिलियन डलरका साथ लसएन्जलस, हङकङ र सिड्नी परेका छन् । दसौं स्थानमा १ ट्रिलियन डलर सम्पत्तिका साथ सिंगापुर परेको छ ।