स्मार्ट कार बनाउँदै फक्सवागन «

स्मार्ट कार बनाउँदै फक्सवागन

 कार निर्माता कम्पनी फक्सवागनले विद्युतीय स्वचालित ‘कन्सेप्ट’ कार सार्वजनिक गरेको छ । कम्पनीले पेडल वा स्टियरिंग ह्विलबिनाको स्मार्ट कार सार्वजनिक गरेको हो । यसको मुख्य विशेषता भनेको यसका ढोका अनुहार पहिचान (फेसियल रिकग्निसन) प्रविधिबाट खुल्छन् ।
फक्सवागनको नयाँ कार भविष्यका लागि परिवारलाई उपयुक्त हुने दृष्टिकोणको अवधारणमा ल्याइएको कार हो । स्कूल जाने परिवारका लागि यो कार सजिलो हुने भनिएको छ । यसलाई स्मार्ट लन्ज अन ह्विल्स भनेर चर्चा गर्न थालिएको छ । यसो भन्नुको पछाडि यसमा गाडीमा हुने स्टियरिंग ह्विल, ड्राइभर सिट, ड्यासबोर्ड वा पेडलको आवश्यकता नहुने अवधारणा अन्तर्गत बनाइएको छ । साथै यो पूर्णरूपले आफै गुड्छ । फक्सवागनको नयाँ कन्सेप्ट कार बोली (भ्वाइस) बाट सञ्चालन हुने र हाउभाउ (जेस्चर) बाट नियन्त्रण हुनेछ । यसमा बस्ने यात्रुले हाउभाउबाट वा हातबाट संकेत गरे गुड्न थाल्छ । फेसियल स्क्यानको माध्यमबाट यो कारले मालिकलाई पहिचान गर्छ । अनि मालिकका लागि यसका ढोका आफैं खुल्छन् ।
यो अवधारण अन्तर्गतको कार यी वर्षहरूमा उपलब्ध हुने भने छैनन् । तर कम्पनीले भविष्यमा बनाएर बजारमा ल्याउनका लागि अवधारणा सार्वजनिक गरेको हो । कारले आफ्नो मालिकहरूको पहिचान गरेपछि ढोका मात्रै खोल्दैन, यसका सेटिंगहरू पनि समायोजन गर्छ । यो कार भित्रका पर्याप्त स्थानले यात्रुलाई विलासी कोठामा बसेको र कोठाबाट बाहिरका दृश्य हेरेर रमाउने सुविधा उपलब्ध गराउँछ ।
यो कार पूर्णरूपमा विद्युत्तीय उर्जाबाट परिचालन हुनछ । यसमा करिब ३०० हर्सपावर शक्ति उत्पादन हुन्छ । यसको गुड्ने क्षमताको सीमा ६६५ किलोमिटरसम्म हुन्छ । यो गाडी स्वचालन प्रणाली अन्तर्गतको लेभल ५ को हुनेछ ।
कारमा प्रयोग भएका सेन्सरहरूमा फिटनेस ट्रयाकर पनि रहेको छ । यसले यात्रुहरूको तापक्रमको बारेमा निगरानी गर्नेछ । फक्सवागनको विद्युतीय कार अवधारणाका चौथो सदस्यले जनाएअनुसार यसको दृष्टि लामो, फराकिलो र बढी आकर्षक हो । फक्सवागनले आइडी ह्याचब्याक सन् २०२० सम्म निकाल्न सक्ने अटोब्लगले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्