प्रविधि क्षेत्रमा महिला र लैंगिक विभेद «

प्रविधि क्षेत्रमा महिला र लैंगिक विभेद

लैंगिक बाधा वा विभेदको स्थितिबारे विश्वभर चिन्ता र चासो बढदै गएको पाइन्छ । महिलालाई दोयम दर्जाको श्रमशक्तिको रूपमा हुँदै आएको व्यवहार विभिन्न क्षेत्रमा भंग भईआएजस्तै प्रविधिको क्षेत्रमा भंग हुन थालेको छ । बिहीबार विश्व श्रमिक महिला दिवस मनाइरहँदा प्रविधि क्षेत्रमा महिलाको अवस्थालाई सार्वजनिक प्रतिवेदनको हाइलाइटहरू यहाँ चर्चा गर्न खोजिएको हो ।
ब्रेकिङ जेन्डर ब्यारियर्स शीर्षकमा आईएसएसीए ग्लोबलले गरेको एक सर्वेक्षण प्रतिवेदन सार्वजनिक भएको छ । इन्फरर्मेसन सिस्टम अडिट एण्ड कन्ट्रोल एसोसिएसन (आइएससीए) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यसक्षेत्रका दुई तिहाई महिलाका लागि पूर्वाग्रही व्यवहार दैनिक यथार्थ बनेको निष्कर्ष निकालेको हो । अनुसन्धानमा सहभागी विश्वका आधाभन्दा बढी कार्यकारीहरूले सक्षम टेक वर्कर्सको कमीले यस क्षेत्रले गर्न सक्ने व्यावसायिक वृद्धि एवं तीव्रता लिन नसकेको बताएका छन् । प्रविधि क्षेत्रमा चारमध्ये एक महिलालाई रोजगारको अवसर रहेको तर सिर्जनशील बौद्धिक शक्तिको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ ।
उपलब्ध सर्वोत्तम प्रतिभाहरूलाई रोजगार दिएको वा उनीहरूलाई प्रवद्र्धन गरिरहेको हो वा होइन भन्ने विषयमा कम्पनीहरूले ध्यान पुराउनैपर्ने निष्कर्ष अध्ययन प्रतिवेदनले निकालेको छ । यसलाई परिवर्तन गर्न व्यावसायिक प्रतिष्ठानले के गर्न सक्छन् ? अन्तदृष्टि पाउन आईएसएसीएले विश्वभर प्रविधि क्षेत्रमा क्रियाशील महिलाहरूबीच गरिएको हो । यो अध्ययनबाट केही विषयहरू सहतमा देखा परे । धेरै महिलाले टेक क्षेत्रमा गरेको अनुभवलाई यो अध्ययनबाट बुझ्न मद्दत मिलेको जनाएका छन् । यसक्षेत्रका महिलाले आफ्नो आवश्यकतालाई कसरी लिन्छन् र उनीहरूले आफ्ना रोजगारदातालाई कार्यक्षमताबाट कसरी सन्तुष्ट पार्दछन् जस्ता विषयबारे यो अध्ययनबाट जानकारी प्राप्त भएको हो ।
विश्व बैंकका अनुसार विश्वको श्रमशक्तिमा महिलाहरूको सहभागीता ४० प्रतिशत छ । केही देशहरूमा यो संख्या ५९ प्रतिशतसम्म रहेको छ । टेक क्षेत्र पुरूष वर्चस्वमा रहेको छ । टेक क्षेत्रको हरेक तहमा यो स्थिति छ । तलबमानको प्रतिवेदनले गैरप्रविधि उद्योगको तुलनामा टेक क्षेत्र खराब रहेको देखिएको हो । टेक सेक्टरको हरेक क्षेत्रमा महिलाको संख्या भन्दा पुरूषको संख्या धेरै छ । तर चुलिँदो फरक त झनै शीर्षतहमा छ । प्रविधि क्षेत्रका कार्यकारीहरूमा मात्र २१ प्रतिशत महिला कार्यकारी तहमा कार्यरत छन् ।
महिलाको नेतृत्वमा भएका टेक क्षेत्रले भने अत्यधिक सिर्जना र नाफालाई वृद्धिदर प्राप्त गरिरहेको अवस्थामा यो अवस्था देखिन्छ । सन् २०१६ मा पिटर्सन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सको कार्यपत्र अनुसार अनुसन्धानकर्ताहरूले औसतमा महिला नेतृत्वबाट १५ प्रतिशत मुनाफामा वृद्धि भएको पता लगाए । भूमिकाको प्रतिफल यस्तो रहेपनि यस क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्नु भन्दा खस्किँदै गएको देखियो । सर्वेक्षणमा सहभागी १० मध्ये ९ जनाले टेक सेक्टरमा महिला सहभागीताको संख्याबारे चिन्ता जनाए । ठूला बाधाहरूमा ४८ प्रतिशतले महिला परामर्शदाता (मेन्टर)को अभाव, ४२ प्रतिशतले महिला प्रेरक ( रोल मोडल)को अभाव र २७ प्रतिशतले सीमित सञ्जाल अवसरहरूको (लिमिटेड नेटवर्किङ अपरचुनिटिज) अभाव भएको जनाएर तीन प्रमुख बाधा भएको औंल्याए । मात्र ८ प्रतिशतले कार्यस्थलमा लैंगिक पूर्वाग्रहको अनुभव कहिले नगरेको जनाए ।
अध्ययनमा सहभागीमध्ये ४८ प्रतिशतले मेन्टरको र ४२ प्रतिशतले रोल मोडलको अभाव भएको जनाउनु महिलाहरू सिकाइको भोका भएको र महिलाको उपस्थितिमा लाभ प्राप्त गर्न सक्ने चाहना भएको प्रस्ट पार्छ । यसैगरी तेस्रो ठूलो बाधा सशक्त पेशाकर्मीहरूको सञ्जालको अभाव रहेको पाइएको छ । टेक क्षेत्रका महिलाहरूका लागि उनीहरूका अगुवामा महिला नेतृत्वको अभाव नै सबैभन्दा ठूलो बाधाको रूपमा रहेको छ । कम्पनीहरूले शिक्षित, सीप र दक्षता प्राप्त महिलालाई रोजगार उपलब्ध गराउनै पर्छ । महिलाहरूले पुरूष वर्चस्वको वातावरणमा विकास गर्नुपर्ने बाध्यता टेक क्षेत्रमा बढी रहेको छ ।
यसले गर्दा कार्यस्थलमा लैंगिक पूर्वाग्रहको वातावरण हुन्छ । यसबाट उनीहरूको अवसर वृद्धि असमान हुन्छ । ७९ प्रतिशत महिला पुरूषको प्रत्यक्ष सुपरिवेक्षणमा बसेर काम गर्नुपर्ने अवस्था रहेको छ । यसका अतिरिक्त तलबमानको विषयले पनि महिलाहरूलाई हतोत्साहित पार्छ । पुरूषको तुलनामा महिला अझ समान वेतन पाउने गरेकी छैनन् । वल्र्ड इकोनोमिक फोरमले जनाएअनुसार सन् २००८को आर्थिक संकटयता विश्वव्यापीरूपमा महिलाले आफ्नो भूँइ नै गुमाएकी छिन् । हाल पुरूषले गर्ने आम्दानीको ५९ प्रतिशतजति मात्र महिलाले कमाइ गर्छिन् । यो दरको आधारमा पछ्याउने हो भने महिलालाई पुरूषको बराबरी गर्न अझ १७० वर्षसम्म कुदिराख्नुपर्ने हुन्छ । तर सत्य के पनि छ भने गैरप्रविधि क्षेत्रको महिलाको तुलनामा प्रविधि क्षेत्रका महिलाले धेरै बढी तलव पाउने गर्छिन् ।
तलवमानको प्रतिवेदनका आधारमा टेक क्षेत्रका महिलाले पुरूषको तुलनामा १८ देखि २२ प्रतिशत कम तलव पाउने गर्छिन् । महिला यसबारे राम्ररी जानकार छन् । चार महिलामध्ये एक महिलाले मात्र आफूले पुरूषको जति तलब पाएको विश्वास गर्छिन् । सर्वेक्षणमा सहभागी मध्ये ४३ प्रतिशतले समान सीप भएका पुरूषको भन्दा कम तलब पाएको बताइन् । कसैले पनि पुरूष भन्दा बढी पाउने गरेको बताइनन् । ३ मध्ये १ ले अरू कति पाउँछन् भन्ने जानकारी नरहेको जनाइन् । क्षतिपूर्तिको क्षेत्रमा ४३ प्रतिशतले पुरूषहरूले बिना कारण बढी पाएको ३२ प्रतिशतले महिलाले क्षमताको आधारमा क्षतिपूर्ति पाएको बताइन् । प्रवृत्ति, चलन, झुकाव, अनुभव वा विचार विशेषगरी कुनै व्यक्तिको बिना कुनै कारण पूर्वधारणाअनुसार गरिने व्यवहारलाई पूर्वाग्रहको रूपमा बुझिने गरिएको डिक्सनरी डटकमको परिभाषाले जनाउँछ । पूर्वाग्रहको प्रमुख समस्या भनेको यसलाई प्रमाणित गर्न गाह्रो हुन्छ । महिलाको सन्दर्भमा गरिने पूर्वाग्रही व्यवहार कपटपूर्ण हुन सक्छ । पूर्वाग्रहको सन्दर्भमा मात्र ८ प्रतिशतले कार्यस्थलमा आफूले पूर्वाग्रही व्यवहारको अनुभव कहिल्यै नगरेको जनाइन् । एक चौथाईले पूर्वाग्रह यदाकदा अनुभव गरिने गरिएको बताइन् भने ६६ प्रतिशतले कार्यस्थलमा महिलासँग हुने पूर्वाग्रह उनीहरूका लागि यथार्थ भएको बताइन् ।
टेक महिला मध्ये २२ प्रतिशतले मात्र उनीहरूका रोजगारदाता महिलालाई अगुवाइ भूमिका दिन प्रतिबद्ध रहेको विश्वास भएको जनाइन् । गल्र्स हु कोडले जनाएअनुसार १९८४ मा कम्प्युटर साइन्स डिग्री प्राप्त गरेकी महिलाको हिस्सा टेक क्षेत्रमा ३७ प्रतिशत थियो भने अहिले यो १८ प्रतिशतमा झरेको छ । तर यो समयमा कम्प्युटर साइन्टिस्टहरूको आवश्यकता यसअघि भन्दा धेरै छ । अमेरिकाको सन्दर्भमा भन्ने हो भने सन् २०२० सम्म कम्प्युटरसम्बन्धी क्षेत्रमा १४ लाख रोजगार उपस्थित हुनेछ ।
मिलिन्डा गेट्सले महिलालाई प्राथमिकता दिएको पाइएको छ । आइएसएसीएका जो स्टिवार्ट ¥याट्रीले लैंिगक विभेद हटाउन हरेको जिम्मेवारी भएको बताए । यस्तो अवस्थाका लागि तत्काल कुन समाधान छ कि भन्ने विषयमा यो अध्ययनले यो समस्या चल्ला पहिला कि अन्डा जस्तो हो भनेर निष्कर्ष निकालेको छ । टेक क्षेत्रमा महिला अभावको समस्याले यो क्षेत्रमा महिलालाई प्रवेश गर्न हतोत्साहित पार्छ । ठीक यही बेला यो क्षेत्रका महिलाहरूले महिला रोल मोडल, महिला मेन्टर वा सहभागीता जनाउने नेटवर्किङको अभावले आफूहरू शक्तिहीन हुँदै गएको अनुभव गर्छिन् । त्यसैले कम्पनीहरूले यी दुई समस्या समाधान गर्न राम्रो भर्ना विधि अनपाउनुपर्र्ने देखिन्छ । रोल मोडल र मेन्टरको उपस्थितिका लागि रोजगारसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई कम्पनीहरूले पूरा गर्नुपर्ने देखिएको यो सर्वेक्षणको निष्कर्ष छ ।
अध्ययनले पनि भविष्यमा प्रविधि क्षेत्रमा महिलाहरूको सम्मानजनक सहभागिताले प्रविधि क्षेत्रले फड्को मार्ने सुझाएको छ । नेपालको हकमा प्रविधि क्षेत्रकै समग्र अध्ययन नभइसकेको अवस्थामा महिलाको अवस्थाबारे प्राथमिकताका साथ अध्ययन गर्नुपर्ने आवश्यकता देखिसकिएको छ ।
धर्मेन्द्र कर्ण 

 

प्रतिक्रिया दिनुहोस्