एनआईसी एसियाको ‘धनवर्षा मुद्दती खाता’ फेरि सुरु «

एनआईसी एसियाको ‘धनवर्षा मुद्दती खाता’ फेरि सुरु

‘बैंक पनि, साथी पनि’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले ‘धनवर्षा मुद्दती खाता’ फेरि सुरु गरेको छ । ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरूमाझ अत्यन्त लोकप्रिय रहेको १ वर्ष अवधिकोे उक्त मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रूपमा ब्याज भुक्तानी गरिनेछ । मुलुकभरका विभिन्न स्थानहरूमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालमध्ये जुनसुकै शाखाबाट उक्त मुद्दती खाता खोल्न सकिने र मुद्दती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जासमेत उपलब्ध गराउन सकिनेछ ।
त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरू माझ अत्यन्त लोकप्रिय रही उत्साहप्रद रूपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आइरहेको छ ।
मुलुकभर १ सय ८० शाखा कार्यालय, १ सय ८३ एटीएम सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ३ शाखारहित बैंकिङ सेवाहरू एवं प्रत्यक्ष एवं अप्रत्यक्षसमेत गरी ५ हजारभन्दा बढी रेमिट्यान्स पेआउट एजेन्टहरूसहित राष्ट्रकै सर्वाधिक बढी बैंकिङ सञ्जाल भएको बैंकका रूपमा एनआईसी एसिया बैंक स्थापित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्