सांग्रिला डेभलपमेन्ट बैंकको कोरोनासम्बन्धी सचेतना कार्यक्रम «

सांग्रिला डेभलपमेन्ट बैंकको कोरोनासम्बन्धी सचेतना कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाले जनजागरण मावि गल्छी–४ धादिङको प्रांगणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाइबहिनीहरू र त्यसै विद्यालयका अभिभावकहरूलाईसमेत राखी गल्छी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा कोरोना भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहजीकरण गरेका सांग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाको प्रमुख गौरब काफ्लेले कोरोना भाइरसबाट आफू पनि बाँचौं र अरूलाई पनि बचाऔँ भन्दै जसका लागि सरसफाइमा विशेष ध्यानदिने, मास्क लगाउने, हातलाई साबुन पानीले धुने, हात नमिलाउने, भीडभाडमा नजाने, नियमित शारीरिक व्यायम गर्ने, मद्यपानमा सहारीको प्रयोग नगरी भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानी पिउने, बिहान बेलुका घ्युको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाई तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए ।
स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको संक्रमणबाट बच्ने उपायहरू बताउँदै घरमा आफ्नो परिवार छरछिमेकीलाई समेत सिकेका कुराहरू जानकारी दिन र सामाजिक सञ्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे साथै सामाजिक सञ्जालमा त्रास फैलाउने काम नगर्नसमेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडाभन्दा कडा कारबाही गर्नसमेत अनुरोध गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्छी–४ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका राजु अधिकारीले सांग्रिला डेभलपमेन्ट बैंकको शाखा गल्छीले विश्वव्यापी रूपमा फैलिरहेको यो कोरोना भाइरसबाट बच्ने उपायहरूका बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिँदै उनले अझै ग्रामीण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस्