डोनाल्ड ट्रम्पका आधा दर्जन गर्लफ्रेन्ड, तीनसँग विवाह «

डोनाल्ड ट्रम्पका आधा दर्जन गर्लफ्रेन्ड, तीनसँग विवाह

वासिङ्टन-हालैको भारत भ्रमणमा मेलानिय ट्रम्पसँग डोनाल्ड ट्रम्पले भारतको ताज महल हेर्न गएसँगै उनको लभ स्टोरीको पनि चर्चा हुन थालेको छ । यसैबीच डोनाल्ड ट्रम्पको आधा दर्जन गर्लफ्रेन्ड भएको र तीमध्ये तीन जनासँग उनले विवाह गरेका थिए ।
हाल मेलानिया ट्रम्प डोनाल्ड ट्रम्पकी पत्नीका रूपमा रहेकी छन् । १९९८ मा उनीहरूको पहिलो भेटघाट भएको थियो र विवाहको समयमा मेलानियाको उमेर २८ वर्ष र डोनाल्ड ट्रम्पको उमेर ५२ वर्षको थियो ।
ट्रम्पको पहिलो भेटमै मेलानियासँग प्यार भएको थियो । आउनुहोस्, जानौं ट्रम्पको सम्बन्ध भएका महिलाहरू ।
इभाना ट्रम्प : यी महिलासँग ट्रम्पको विवाह १९७७ अप्रिल ७ मा भएको थियो । उनीहरूका तीन सन्तान पनि छन् । दुवैले कैयांै बिजनेस उत्पादनमा साथै काम गरेका थिए । तर, १९९१ मा मारला मेपल्ससँगको अफेयरका कारण इभाना निराश भइन् । सम्बन्ध–विच्छेदपछि उनले ट्रम्पको आधा सम्पत्ति लिएर बसेकी छन् ।
गाब्रियला सबातिनी : डोनाल्ड ट्रम्प इभानासँगै रहँदा १९८९ को जुनमा सबातिनीसँग उनको अफेयरका बारेमा धेरै चर्चा भएको थियो । केही समयपछि यो सम्बन्ध पनि टुट्यो ।
कार्ला बु्रनी : कार्ला ब्रुनीले मिक जेगरसँग सम्बन्ध विच्छेद गरेपछि डोनाल्ड ट्रम्पसँगको अफेयरको व्यापक चर्चा भइसकेको थियो । यद्यपि यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।
रोभेन ब्रेबर : जब डोनाल्ड ट्रम्प र रोभेनको अफेयर थियो दुवैका कैयांै तस्बिर देखिएको थियो । यो उक्त समयको सर्वाधिक चर्चित घटना थियो । तर, कामका कारण दुवै एकसाथ बस्न पाएनन् र उनीहरूबीचको सम्बन्ध पनि टुट्यो । रोभेन अझै पनि ट्रम्पलाई एक राम्रो भालदमी व्यक्ति भएको बताउँछिन् ।
मारला मेपल्स : यी दुईबीचको भेटघाट १९८५ मा भएको थियो, जब ट्रम्प इभानासँग वैवाहिक जीवनमै थिए । इभानासँग सम्बन्ध–विच्छेद भएपछि उनले मारलासँग विवाह गरेका थिए । उनीहरूको विवाहको दुई महिनामै छोरी टिफनीको जन्म भएको थियो । यो विवाह ६ वर्षसम्म रह्यो ।
एलिसन जियानिनी : जब डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो विवाह मारलासँग गरेका थिए, तब उनको अर्की महिला एलिसनसँग अफेयरको चर्चा सुरु भयो ।
कारा यंग : २००१ मा डोनाल्ड ट्रम्पको चर्चा यस कारण भयो कि उनी कारा यंग तथा गसिप पत्रकार एजे बेन्जसँग त्रिकोणात्मक प्रेममा थिए । एक साक्षात्कारको समयमा उनले बेन्जलाई कारा यंगसँग आफ्नो सम्बन्ध टुंगिएको बताएका थिए ।
मेलानिया ट्रम्प : ट्रम्प र मेलानिया १९९८ मा न्युयोर्कमा भेटेका थिए । उनीहरू त्यहाँ एक फेसन विक पार्टीमा भेटिए र केही समयपछि २००५ को जनवरीमा विवाह गरेका थिए । २००६ मा मेलानियाले एक छोरा जन्माइन् । उनको नाम हो बेरन ।

प्रतिक्रिया दिनुहोस्