एन्ड्रोइड जसरी चलाउन मिल्नेछ आइफोन «

एन्ड्रोइड जसरी चलाउन मिल्नेछ आइफोन

विश्वभरका ८५ प्रतिशत भन्दा बढी मोबाइल डिभाइसमा चल्ने अपरेटिङ सिस्टम एन्ड्रोइड अब आइफोनमा पनि चल्ने भएको छ । गुगलको एन्ड्रोइड अब एप्पलको आइओएस जडित डिभाइसमा पनि चल्ने बनाउन दुबै कम्पनी लागि परेका छन् ।
मोबाइल फोनमा आइओएस र गुगल ओएसको मात्र विश्वमा ९५ प्रतिशत हिस्सा छ । एक आपसमा प्रतिस्पर्धी रहेका दुबै ओएस अब सहकार्यमा लाग्ने भएका हुन् । प्रयोगमा छुटै अनुभवका कारण नै एन्ड्रोइड र आईओएस मोबाइल अपरेटिङ सिस्टम (ओएस) को प्रयोगकर्ता आ–आफ्नै रहेका छन् । नयाँ प्रोजेक्टले भने यी दुई ईकोसिस्टमलाई नजिक ल्याउन तयारी गरेको छ ।
‘प्राजेक्ट स्याण्डक्यास्टल’ ले कसरी आइफोनमा एन्ड्रोइड १० सिस्टम प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिएको छ । उक्त प्राजेक्टका अनुसार हाल यो सिस्टम आईफोन ७, आईफोन ७ प्लस र सेभेन्थ–जेनरेसन आईपोडमा मात्रै सपोर्ट गर्नेछ । बेटा भर्जनमा उपलब्ध यो सिस्टमले क्यामरा, अडियो, सेकुलर नेटवर्क र ब्लुटुथ कनेक्टीभिटी जस्ता उपकरण भने सर्पोट नगर्ने उल्लेख छ । प्रोजेक्ट स्याण्डक्यास्टलले आफूसँग आईफोन भएको र एन्ड्रोइडमा आधारित फिचर चलाउन रुचाउने अवस्थामा त्यसको सम्पूर्ण विकल्प सहित आउने दाबी गरेको छ ।
एन्ड्रोइडमा भएको र आईओएसमा भएको राम्रा राम्रा फिचर एकै ठाउँमा ल्याएर प्रयोग गर्न मन छ भने पनि त्यो सम्भव बनाउने गरी प्राजेक्टमा काम गरिरहेको उल्लेख छ । यदि अहिले नै आईओएसमा एन्ड्रोइड प्रयोग गरेर हेर्न चाहने भए हाल आइफोन ७, आईफोन ७ प्लस र सेभेन्थ–जेनरेसन आईपोड भएको खण्डमा वेभसाइटमा दिएको जानकारीका आधारमा प्रयोग गर्न सकिनेछ । एक पटक प्रयोग गरिसकेपछि मन नपरेको खण्डमा पुनः आईओएसमै फर्किने सुविधा पनि रहेको जनाइएको छ । नेपाल र दक्षिण एसियाका कतिपय जनताले एन्ड्रोइड जस्तो फिचर नभएकाले आइफोन नबोक्ने गरेको पनि पाइन्छ । यस्ता उपभोक्ताका लागि भने यो फिचर गजब लाग्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्