सहज बन्दै मानिसको दैनिकी

आजको युग भनेको २१ औं शताब्दीको युग हो । जहाँ हरेक व्यावसायिक क्षेत्रमामा हरेक दिनजसोे विभिन्न कम्पनीले आफ्नो व्यावसायिक क्षेत्रमा धेरै परिवर्तन गरेकै देखिन्छन् । प्रविधिमा पनि तीव्र रूपमा मुलुकमा दिनहुँ त्यत्तिकै छलाङ मारिरहेकै अवस्था छ । यसले मानिसको दैनिकी पनि त्यत्तिकै सहज बनिरहेकै छ ।
विगत केही समयदेखि छोटो समयमै मुलुकमा तीव्र रूपमा विकासको प्रविधिमा छलाङ मारेको मध्ये सञ्चारका प्रविधिहरूलाई अग्रस्थानमा राख्न सकिन्छ । यो मुलुकमा मात्र होइन, विश्वमै सञ्चारको प्रविधिले छिटो–छिटो गतिमा दिनहुँ फड्को मारिरहेको अवस्था छ भने यसले मानिसको दैनिकीलाई समेत अत्यन्तै सरल बनाइरहेको छ । हिजोको ढुङ्गे युगको अन्त्यलाई पार गर्दै आज मुलुकमा सञ्चारका साधनहरूको प्रविधिको विकासले मुलुकलाई नै परिवर्तन गरेको छ ।
यो त भयो सञ्चारको साधनले भएको प्रविधिमा विकास, तर आज मानिसको दैनिकीहरूलाई अझै सरल रूपमा परिवर्तन गर्नेमध्ये एक पर्छ, वित्तीय क्षेत्र पनि । हो, हिजोको समय तथा मागलाई परिवर्तन गर्दै आज मुलुकमा वित्तीय क्षेत्रले पनि अत्यधिक रूपमा विकासको गतिलाई अगाडि बढाइरहेको अवस्था छ ।
मुलुकको हरेक ठाउँमा आज बैंक पुगेको छ । सहकारी पुगेको छ, लघुवित्तहरू सञ्चालित छन् । हुन त विगतमा पनि थियो, तर यतिको मात्रमा भने अवश्य फस्टाएको थिएन । पहिले–पहिले ग्रामीण भेगहरूमा बैंक–वित्तीय संस्था अत्यन्तै कम रहेका बेला मानिसहरू आफ्नो रकम जम्मा गर्न वा निकाल्न सदरमुकाम धाउने गर्थे । धेरै पैदल यात्रापछि मात्र सदरमुकाम आएर बैंक तथा वित्तीय संस्थासम्बन्धी कामकाज मानिसहरूले गर्थे । तर, त्यो आज आएर सबै सहज बन्दै गएको अवस्था छ ।
आज हरेक ग्रामीण भेगमा सहकारी तथा लघुवित्तले आ–आफ्नो कार्य सम्पादन गरी जनतालाई सहजीकरणतर्फ अगाडि बढाइरहेको अवस्था छ भने सहरी भागहरूमा त कुरै नगरौं, मुलुकमा रहेको क, ख, ग, घ सबै वर्गका बैंकहरू सहरी क्षेत्रमा सहज रूपमा पुगिसकेका छन् भने बैंक तथा वित्तीय संस्था पनि उत्तिकै मात्रामा रहेका छन् ।
अहिले त झन मानिसहरूलाई बढी सेवा–सुविधा दिन विभिन्न सहकारी तथा बैंकहरूले आ–आफ्नो ब्याजदर तथा बिमाहरूलाई समेत समेटेर अगाडि बढिरहेको अवस्था छ । तर अझ मानिसहरूको दैनिकी र जीवनशैलीलाई परिवर्तन गर्दै बैंक–वित्तीय क्षेत्रका सहायक कम्पनीहरूले आ–आफ्नो तरिकाले एप सञ्चालन गरी घरमै बसी–बसी सेवासमेत दिइरहेको अवस्था छ ।
इसेवा, आईएमई पेलगायत धेरै एपले मानिसहरूलाई सहजीकरण गर्दै लगिरहेको अवस्था रहेको छ । उदाहरणका लागि बत्तीकोे पैसा तिर्नुपहिले सम्बन्धित पायक पर्ने ठाउँमा गएर विद्युत् प्राधिकरणमा घण्टौं लाइन बसेर बिजुलीको महसुल तिरिन्थ्यो, खानेपानीमा गएर पानीको महसुल तिरिन्थ्यो, टेलिकममा गएर टेलिफोनको महसुल तिरिन्थ्यो, इन्टरनेट तथा केबुलको महसुल सम्बन्धित ठाउँमा गएर तिरिन्थ्यो । अब त्यो सबै लाइन बस्ने झन्झट भने बेहोर्न कम हुने देखिन्छ, कारण सबैको बिल ईसेवा तथा आईएमई पे तथा सरल एपहरूले गर्दा ।
अहिले बैंक–वित्तीय क्षेत्रमा पनि लाइन बस्ने झन्झट धेरै कम भएको छ । सबै ठाउँमा टोकनको व्यवस्था कायम भएको छ । अझ मानिसको जीवनशैलीलाई परिवर्तन गर्दै अहिले धेरै बिमा कम्पनीहरूले आर्थिक रूपमा पनि मानिसहरूको जीवन स्तर सुधार्दै बिमा कम्पनीहरूले बजारमा पोलिसीहरू बिक्री गरिरहेका छन् । यसले गर्दा मानिसले गरेको बिमा निश्चित समय समाप्त भएपछि आफ्नो रकमको दोब्बर रकम समेत पाउने गरेका छन् भने परिवारलाई समेत बिमाले सुनिश्चित भविश्यका लागि आर्थिक रूपमा सहजीकरण गर्दै लगेको छ । त्यसैले अहिले मुलुकमा छोटो समयमै विभिन्न बैंक–वित्तीय संथा सहकारी तथा बिमा कम्पनीहरूले आममानिसको दैनिकीलाई सहज रूपमा अगाडि बढाउँदै लगिरहेको अवस्था छ ।