कोरोनाले औद्योगिक क्षेत्रमा त्रासदी «

कोरोनाले औद्योगिक क्षेत्रमा त्रासदी

नोबल कोरोना भाइरसको प्रभाव नेपालको पर्यटनसँगै औद्योगिक क्षेत्रमा पनि फैलिएको छ । मुलुकका कतिपय उद्योगको मेसिनरी तथा कच्चा पदार्थ चीनतर्फ नै रोकिएका छन् भने चीन निकासीका लागि लक्षित उद्योगका उत्पादनहरू थुप्रिएका छन् । कोरोना संकट भएसंगै नेपाल–चीन स्थल नाकाबाट आयात निर्यात ठप्प छ । यस्तै, नेपालको निर्माण क्षेत्रमा कार्यरत मजदुरसमेत चीनमै रोकिएका छन् ।
चीनबाट आयात गर्नुपर्ने सामग्रीहरू पनि कोलकाता बन्दरगाह हुँदै ल्याउनुपर्ने भएकोले लागत र समय दुबै बढ्ने व्यवसायीहरू बताउँछन् । उता भारतमा पनि कोरोना भाइरसको संक्रमण देखिएकाले थप तनाव सिर्जना भएको छ । देशका दुबै छिमेकी राष्ट्र तथा दक्षिण कोरिया, जापान, थाइल्याण्ड लगायत विश्वका ६० देशमा कोरोना फैलिएपछि व्यापारसञ्जाल जोडिएका अधिकांश देश प्रभावित भएका छन् । चीनसँगको व्यापार कोरोना भाइरसकै कारण अहिले ठप्प छ भने विकास निर्माणका काममा संलग्न चिनियाँ कामदार नेपाल फर्कन सकेका छ्रैनन् । चीनतर्फबाट आउने कच्चा पदार्थ उतै रोकिएपछि यतिवेला उत्पादनमूलक उद्योगमा अन्योलमा बढेको छ । निर्यात गरिएका नेपाली उत्पादन विदेश निर्यात गर्न सकिएको छैन ।
नेपाल उद्योग परिसंघक अध्यक्ष सतिषकुमार मोरले औद्योगिक क्षेत्र मात्रै नभएर समग्र देशको अर्थतन्त्र नै प्रभावित भएको बताए । उनका अनुसार चीनबाट आउने कच्चा पदार्थहरू ठप्प छ भने निर्यात पनि कोरोनाको प्रभाव बढेपछि हुन सकेको छैन । “नेपालमा लगानी गरिरहेको होङ्सीसँगको कुराकुरानीमा उनीहरू अहिले पनि कार्यलय गएर काम गर्न सकेको अवस्था छैन,” उनी भन्छन्, “यसका प्रभाव चीनमा मात्रै नभएर समग्र विश्वको अर्थतन्त्रमा परेको छ ।” नेपालमा सरकारले सभा सम्मेलन नगर्न, भिडभाड नगर्न भनेको छ जुन सकारात्मक भएको उनले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले औद्योगिक क्षेत्रमा कोरोनाको प्रभाव देखिन सुरु गरिसकेको बताए । चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगमा सबैभन्दा धेरै प्रभाव देखिएको भन्दै यसको ‘चेन इफेक्ट’ नेपालको सम्पुर्ण अर्थतन्त्रमै पर्ने बताउँछन् । कतिपय उद्योगहरू बन्दैछन् भने कतिपय परियोजनाहरू निर्माणको क्रममा छन् यीनीहरूमा प्रयोगहरू मेसिनरी समाग्रिहरू आयात हुन नसक्दा काम प्रभावित भएको छ । यतिबेला पोर्टमा कन्टेनर पाउन निकै मुस्किल छ । कन्टेनरहरूको भाग बढेका कारण सामान अयातमा बढेको छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ भाउ घटेकाले सरकारले केहि मात्रामा भएपनि पेट्रोलियमको भाउ घटाएर सहज वातावरण सिर्जना गर्नुपर्ने बताउँछन् । उद्योगमात्रै नभएर पर्यटन, टेलिकम, आयात निर्यात देखी कारोनाकोप्रभावले छुन बाँकी क्षेत्र सायदै कम भएको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्