नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित «

नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित

आईसीसी विश्वकप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपाल स्टकल्याण्डसँग ४ विकेटले पराजित भएको छ । १५० रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको स्टकल्याण्डले ४१.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
स्कटल्याण्डको जितमा कप्तान किली कोइट्जरले अविजित ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाल पराजित भएको हो । क्राइग वाल्लेसले १७, कलम म्याक्लोडले १५, माथेव क्रसले १४ र जर्ज मोन्सीले १० बनाए ।
नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।
यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १४९ रनमात्रै बनाएको थियो । खराब प्रदर्शन गरेको नेपालको १४ रन हुदा ४ विकेट पतन भएको थियो । नेपालका लागि कप्तान पारस खड्काले इनिङ्स उकास्ने प्रयास गरेका थिए । कप्तान पारसले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पारसले ९ चौका प्रहार गरे ।
नेपालका लागि बसन्त रेग्मीले अविजित २४ रन बनाए । नेपालका लागि सोमपाल कामीले १८ रन बनाए । त्यस्तै, रोहित पौडेलले १५, युवा खेलाडी सन्दीप लामिछाने ६ रनए पनि अग्रपंतिका ब्याट्सम्यान चल्न सकेनन् ।
नेपालका ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । एकपछि अर्को विकेट पतन भएको नेपालका दिलिप नाथ ४, अरिफ शेख २ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट हुँदा शरद भेषवाकर शून्य रनमा नै आउट भए ।

प्रतिक्रिया दिनुहोस्