जगदम्बाद्वारा विजेतालाई टीभीएस जुपिटर हस्तान्तरण «

जगदम्बाद्वारा विजेतालाई टीभीएस जुपिटर हस्तान्तरण

टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बा उत्पादनहरूका कस्टुमाइज स्टिकर प्याकहरूका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ । जगदम्बा मोटर्सले टीभीएस ब्रान्डका लागि चान्स टु वीन थ्रू अ क्लिक अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरूले टीभीएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गरेर नयाँ टीभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरू जित्ने अवसर पाएका थिए ।
यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो जसअन्तर्गत बुटवलकी सुमित्रा न्योपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । उनीलाई जगदम्बा मोटर्स् प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरे । टीभीएससँगको साझेदारी निकै अद्भूत रहयो र हामी खुसी छौं कि हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई हर्ष र मूल्य प्रदान गरिरहेका छौ, अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी, राकुटेन भाइवरले भने ।
हाम्रा ग्राहकहरूलाई डिजिटल्ली संलग्न गराउन र उनीहरूको जीवनमा रमाइलो र उत्साह थप्नका लागि हाम्रो ब्रान्डसँग सहकार्य गरेकोमा हामी राकुटेन भाइवरप्रति आभारी छौं । हामी देशभरका ग्राहकहरूको व्यापक सहभागिताबाट निकै खुसी छौं । हामी यो अभियान सफल पार्नका लागि सहयोग पु-याउनुहुने सम्पूर्णलाई आभार प्रकट गर्दछौं, जगदम्बा मोटर्स प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भने ।

 

प्रतिक्रिया दिनुहोस्