दम्पतिको नाममा जग्गा धनी पुर्जा बनाउने बढ्दै «

दम्पतिको नाममा जग्गा धनी पुर्जा बनाउने बढ्दै

रुकुम- हरेक ठाउँमा लैगिंक समावेशी समतामुलक समाजको निर्माण गर्न त्यही सजिलो छैन । अन्य क्षेत्रमा केहि सहज जस्तो देखिएपनि आर्थिक अधिकारको क्षेत्रमा महिलाको अवस्था निकै कमजोर देखिन्छ । तर पछिल्लो समय भने रुकुम पश्चिममा श्रीमान श्रीमती दुवैको नाममा जग्गा धनी पुर्जा बनाउने बढेका छन् । युएमएन रुकुम क्लष्टर तथा त्यसको साझेदार संस्था नेपाल जनजागरण मञ्च रुकुम पश्चिमको जागरण अभियानमार्फत रुकुम पश्चिममा संयुक्त रुपमा जग्गाधनी पुर्जा लिने बढेका हुन् ।
संस्थाले विगत एक वर्षदेखि विशेषगरी लैगिक विभेद कम गर्न तथा महिलामा आर्थिक अधिकार स्थापित गर्न विभिन्न गतिविधि गर्दै आएको छ । जिल्लाको आठविकोट नगरपालिकाबाट थालेको अभियानले पछिल्लो समय सार्थकता पाउन थालेको हो । महिलाको नाममा सम्पत्तिको पहुँच अभिवृद्धि गर्न श्रीमान् श्रीमतीको नाममा संयुक्त जग्गा धनी पुर्जा निर्माण गर्ने अभियानअन्र्तगत हालसम्म २९ जनाले आफ्नो नाममा रहेको जग्गा श्रीमती र आफ्नो नाममा गरि संयुक्त पुर्जा बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्