८ रोगको उपचारमा बर्सेनि १ अर्ब अनुदान «

८ रोगको उपचारमा बर्सेनि १ अर्ब अनुदान

विभिन्नखाले कडा प्रकारका रोग लागेका विरामीको संख्या वृद्धि हुदैँ गएपछि सरकारललाई यसको उपचारका लागि दिने अनुदान बजेटको दायित्वसमेत वृद्धि हुदैँ गएको छ । रोगीको संख्या वृद्धिसँगै कडा भनी निर्धारण गरिएका ८ वटा रोगको उपचार सहायताका लागि सरकारले बर्सेनि बजेट वृद्धि गर्दै लगेको देखिन्छ । गत वर्षको तुलनामा मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका लागि यो वर्ष २५ करोड रूपैयाँ वृद्धि गरेर १ अर्ब रूपैयाँ पुर्याएको छ ।
नसर्ने प्रकृतिको रूपमा रहेका यस्ता रोग नियन्त्रण गर्न ठोस कदम चाल्न नसक्दा रोगीको संख्या बढ्दै गएर सरकार स्वाथ्य उपचारको अनुदान बढाउन बाध्य भएको छ । ५ वर्षअघि सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका जारी गरी विपन्नका लागि उपचार खर्च दिँदै आएको छ । सरकारले अघिल्लो वर्षमात्र ३३ हजार ४ सय ८८ जना कडा रोगका बिरामीको लागि १ अर्ब २ करोड २५ लाख ८४ हजार ८ सय ८४ रुपैयाँ खर्च गरेको स्वाथ्य सेवा विभागको पछिल्लो रिपोर्टमा उल्लेख छ । यो खर्च ३० वटा निजी तथा सरकारी (सामुदायिक) अस्पतामा उपचार कडा रोगका नया र पुराना विरामी सहितलाई गरेको खर्च हो । यसरी राहत उपचार खर्च मृगौला प्रत्यारोपरण गरेका र विदेशमा गई उपचार गरेका २ सय २२ जना औषधिउपचार भुक्तानीसहितको लागत हो ।
भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अपस्तालमा उपचार गर्न आउने बिरामीले उपचार सहयोग बढी लिएका छन् । यो संख्या बर्सेनि वृद्धि भइरहेको विगत १० वर्षको बिरामीको खंख्या वृद्धिले देखाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा १० वर्षअघि बिपन्न राहत सहयोग दिने बिरामीको संख्या २० जना रहेकोमा हाल सो बढेर २ हजार १७ पुगेको अस्पतालले जनाएको छ । यसरी नै चितवन क्यान्सर अस्पतालमा अघिल्लो आर्थिक वर्ष १५ हजार ५ सय ७५ जनाले उपचार खर्च लिएको देखिन्छ । भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठ २ कारणले कडा रोग उपचार राहत लिने बिरामीको संख्या बढेको बताए । उनले कडारोग उपचार गराउनु पर्छ भन्ने जनचेतना र रोग लाग्नेको पनि संख्या वृद्धि भएकाले राहत दिने बिरामी र रोग बढेको संख्या बढेको बताए । “मानिसको जीवनशैली, खानपान, चुरोट खैनी तथा मदिरा सेवन गर्नेको संख्या वृद्धि भएका कारण रोगी बढेका हुन्,” डा. श्रेष्ठले भने, “कडा रोगका बिरामी बढेको देख्दा यसको नियन्त्रणका लागि जनचेतना बढाउनु पर्ने देखिएको छ ।”
नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि (दोश्रो संशोधन), २०७३ को दफा १३ मा रहेको विपन्न नागरिकलाई औषधि उपचारवापत आर्थिक सहायता उपलव्ध गराउने योजना अनुसार सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत एक छुट्टै कोष स्थापना गरी राहत दिने गरी निर्देशिका बनाएको छ ।
कडारोगका लागि उपचार गर्न नसक्ने विपन्न नागरिकलाई उपचार अनुदान दिने गरी कडारोगका रूपमा रहेको सो ८ वटा रोगको लागि अधिकतम १ लाख उपचार खर्च दिँदै आएको छ । यसरी नै रोग लागेर जीवन निर्वाह गर्न नसक्ने बिरामीलाई मासिक ५ हजार निर्वाह भत्ता दिने निर्णयसमेत गरेको छ । अघिल्लो वर्ष कडा रोग लागि राहत प्राप्त गर्ने बिरामीको संख्या सबैभन्दा बढी क्रमशः चितवन क्यान्सर अस्पतालमा १५ हजार ५ सय ७५ जना रहकोमा उनीहरू १४ करोडभन्दा बढी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्