महामारीबाट उठ्ने चिनियाँ विश्वास «

महामारीबाट उठ्ने चिनियाँ विश्वास

चीन र विश्व एकअपासमा सम्बन्धित रहेका छन् । त्यसैले चीनले विश्वव्यापी सार्वजनिक स्वास्थ्यको सुरक्षाका लागि आफ्नो जिम्मेवारीका साथ काम गरिरहेको छ । अर्थतन्त्र गतिशील र वितरण प्रणाली हो । यो दीर्घकालीन रोकावटबाट पनि उठ्न सक्छ । चिनियाँहरू दिन–रात महामारीका कारण गुमाउने अवस्थालाई कम गर्ने प्रयास गरिरहेका छन् ।
व्यवसायहरूले उत्पादन र कामलाई पुनः सुचारु गर्नका लागि नवीनतम नीति अंगिकार गर्दै आएका छन् । यसमा कामदारलाई काममा फर्कनका लागि विमान र उच्च गतिका रेलहरू चार्टर गर्ने लगायतका विषयहरू रहेका छन् । यसैबीच चिनियाँ किसानहरूले पनि देशैभरि बाली लगाउने र कृषि कामको तयारी गरिरहेका छन् ।
यो महामारीले चिनियाँ अर्थतन्त्रलाई ध्वस्त पार्दैन । अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरूले श्रम, कच्चा पदार्थ र उत्पादनको निर्यात सुनिश्चित हुने विश्वास लिएका छन् । यी अवस्था हेर्दा चिनियाँ अर्थतन्त्र चाँडै नै सामान्य अवस्थामा पुग्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले चिनियाँ अर्थतन्त्र २०२० को दोस्रो त्रैमासिकमा सामान्य अवस्थामा फर्कने बताइसकेकी छन् । याले युनिभर्सिटीको ज्याक्सन इन्स्टिच्युट अफ ग्लोबल अफेयर्सका सिनियर फेलो स्टेफेन रोचले महामारी क्रमिक रूपमा नियन्त्रणमा आएको र चिनियाँ अर्थतन्त्र भविष्यमा वृद्धिमा फर्कने बताएका छन् । उनले आफु चिनियाँ अर्थतन्त्रको अवस्थाबारे आशावादी भएको बताएका छन् । आर्थिक विश्वव्यापीकरणको युगमा देशहरू एकआपसमा जोडिएका छन् र एकअर्कामा निर्भर पनि रहँदै आएका छन् । उनीहरू साझा स्वार्थका साथ समुदायका रूपमा रहेका छन् ।
धेरै तथ्यका आधारमा चीनले राम्रो गर्न सकेको अवस्थामा मात्रै विश्वले पनि राम्रो गर्न सक्ने देखिन्छ ।
मोर्गान स्ट्यानलीका अनुसार पछिल्लो समयमा लगानीकर्ताहरूले चीनको उत्पादनलाई पुनः सुरु गर्ने सही अवस्थामा ल्याउने प्रयास गरिरहेका छन् । यसलाई अन्तर्राष्ट्रिय बजारले दिएको चासोका रूपमा हेर्न सकिन्छ ।
चीनले खुलापन गर्ने र अन्तर्राष्ट्रिय समन्वयलाई गहन पार्ने प्रयास गरिरहेको छ । उसले आफ्नो अर्थतन्त्र र व्यापार साझेदारसँगको सञ्चार र समन्वयलाई बलियोे पार्ने प्रयास गरिरहेको छ ।
चीनले उत्पादन र प्रमुख कम्पनीहरूको आपूर्तिलाई सुनिश्चित पार्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
बृहत् रूपमा र दीर्घकालीन अवस्थालाई हेर्ने हो भने यो महामारीको चिनियाँ अर्थतन्त्रमा रहेको प्रभाव अल्पकालीन हो । चीन लचिलो छ । आन्तरिक माग विशाल छ र औद्योगिक आधार चट्टानजस्तै कडा छ । यी सबै कुराका आधारमा आर्थिक वृद्धिको आधारभूत अवस्थामा परिवर्तन आएको देखिँदैन ।
चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । यो सबैभन्दा ठूलो म्यानुफ्याक्चरिङ मुलुक पनि हो र विश्वव्यापी सप्लाई चेनकोे महत्वपूर्ण हब पनि हो । यो विश्वकै ठूलो वस्तु व्यापारी र वैदेशिक पुँजी प्रवाहको दोस्रो ठूलो गन्तव्य र दोस्रो ठूलो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाहको मुलुक हो । चीनको प्रतिव्यक्ति आय जीडीपी १० हजार डलर पुगेको छ र यहाँ मध्यमवर्गीय मानिसको संख्या ४० करोड नाघिसकेको छ । यो विश्वकै तीव्र विस्तारको उपभोक्ता बजार पनि हो ।
हालै मात्र धेरै विदेशी म्यानुफ्याक्चरिङ कम्पनीहरूले चीनमा उत्पादन र काम पुनः सुरु गरिसकेका छन् । यसो गर्नेमा टेस्ला, बीएमडब्लू, टोयोटा, सामसङ, एयरबस र हनिवेल रहेका छन् । केही विदेशी लगानीका कम्पनीहरूले चिनियाँ बजारमा प्रवेशका लागि सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।
यसले चीनको बृहत् प्रतिस्पर्धी लाभको अवस्था उजागर गरेको छ । वैदेशिक लगानी आकर्षणमा पनि परिवर्तन आएको छैन । यसैगरी विदेशी लगानीकर्ताहरूको चीनप्रतिको विश्वास र उनीहरूको लगानी रणनीतिमा पनि परिवर्तन आएको छैन ।
चुनौतीबीचको अवसर हेर्दा दीर्घकालमा चिनियाँ अर्थतन्त्रको अवस्था राम्रो मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्