Logo

कोरोना भाइरसको त्रासले म्याग्दीको पर्यटन व्यवसाय सुनसान

म्याग्दी-कोरोना भाइरसको त्रासले विदेशी पर्यटनकको चहलपहल म्याग्दीको पर्यटन व्यवसाय सुनसान छ । ४४ देशमा कोरोना भाइरस प्रभाव परेपछि विदेशी पर्यटकको भ्रमण नेपालमा रोकिदा म्याग्दीलगायत बेनी जोमसोम खण्डका पर्यटकीयस्थलको पर्यटन व्यवसाय सुनसान बनेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा देखिएको कोरोना भाइरस कोरिया, जापान इटाली हुँदै विभिन्न देशमा फैलिएको छ । चीनपछि दक्षिण कोरिया सबैभन्दा प्रभावित देखिएको छ । विदेशी पर्यटकको घुइँचो लाग्ने समयमा कोरोनो भाइरसको त्रासले म्याग्दीको सदरमुकामलगायत पर्यटकीयस्थलहरूको होटलमा विदेशी पर्यटकको सुनसान बनेको म्याग्दी होटल व्यवसायी संघ अध्यक्ष ताराप्रसाद आचार्यले (बाबुराम) बताए । विदेशी पर्यटकको बुकिङ पनि रद्द भएको छ, विदेशी पर्यटकको आगमन शून्य अवस्थामा रहेको होटल व्यवसायी महासंघका केन्द्रीय सदस्यसमेत रहेको आचार्यले बताए । कोरला सडक दैनिक १० घण्टा अवरोधले गर्दा आन्तरिक पर्यटक पनि सदरमुकाम बेनीमा कम आएको उनले बताए । होटल व्यवसायी पर्यटक विविध समस्याले नआउँदा भाडा तिर्नसमेत नसक्ने अवस्थामा रहेको केन्द्रीय सदस्य आचार्यले बताए ।
अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने विदेशी पर्यटक शून्य रहेको तातोपानी कुण्ड सञ्चालनको जिम्मा लिएका बाबुराम गर्बुजाले बताए । यो समय चीनलगायतको देशका पर्यटक आउने समयमै कोरोना भाइरसको त्रासले कुण्डमा विदेशी पर्यटकको संख्या शून्य रहेको संचालक गर्वुजाले बताए । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी कुण्डमा मुस्ताङ र पुनहिल घुमेर आउने विदेशी पर्यटकको चाप बढ्ने समयमा कोरोनाको त्रासले शून्य रहेको जानकारी दिए । कुण्डमा प्रवेश शुल्क र होटल सञ्चालन गर्न गाउँपालिकाबाट यस वर्ष ५८ लाख रुपैयाँमा ठेक्कामा लिएको हो, भाइरस रोगको त्रासले व्यापार व्यवसाय शून्य हुँदा घाटा हुने सम्भावना बढेको सञ्चालकले बताए ।

विश्वकै उतकृष्ट पर्यटकीय गन्तव्य रूपमा चिनिएको पुनहिल घोडेपानीमा पर्यटन व्यवासय ठप्प बनेको छ । विदेशी पर्यटकको संख्या न्यून रहेको घोडेपानीमा स्नोभ्यू लज होटल सञ्चालन गर्दै आएका टेकसर बुद्धुजाले बताए । यो समय चीनका पर्यटक बढी आउने सिजन हो, तर कोरोना भाइरसको त्रासले बुकिङ पनि रद्द गरेका छन्, उनले आजकल दिनको ३०-३५ जनामात्र विदेशी पर्यटक घोडेपानीमा आउने गरेको बताए । होटल व्यवसायसँगसँगै यातायात व्यवसाय पनि ठप्प बनेको छ । आन्तरिक बाहेक विदेशी पर्यटकको यातायातमा आवातजावत शून्य बनेको छ ।

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्