Logo

काखीको पसिना सुकाउन कर्मचारी

वासिङ्टन-हामीले मार्क जुकरबर्गले पत्रकार सम्मेलन, सिनेटको सुनुवाइको समयमा पानी पिएको र लगातार पसीना बगाएको देखेका छांै । हालै मात्र प्रविधि पत्रकार स्टिभेनले लेखेको पुस्तक समीक्षामा ३५ वर्षीय सिइओले स्टेजमा जानुअघि मानिसलाई आफ्नो काखीमा आएको पसिना सुकाउनका लागि कर्मचारीका रूपमा मानिस राखेको उल्लेख गरेका छन् ।
यो पुस्तकको नाम हो— ‘फेसबुक : द इनसाइड स्टोरी’ । यद्यपि यो पुस्तक विश्वभरि पठाइएको छैन । पुस्तकमा मूल रूपमा फेसबुको पर्दा पछाडि हुने घटनाको उल्लेख गरिएको छ । पुस्तकको समीक्षा बलूमबर्गका अस्टिन केरले लेखेका हुन् ।
उनले समीक्षामा लेखेका छन्, “उनी पनि आफ्नो सार्वजनिक छविको विषयलाई लिएर सचेत भएका छन् । एक कार्यक्रममा बोल्नु पहिले चिन्ताका कारण पसिनाले भिजेका सीईओका काखी सुकाउँदै गरेको सञ्चार कार्यकारीलाई देखिएको छ ।”
केही मानिसले ट्विटरमा यसलाई मनोरन्जनका रूपमा हेरिरहेका छन् । केही मानिसले यसलाई भयावह भएको बताएका छन् । वास्तवमै भन्ने हो भने जुकरबर्गले आफ्नो काखी सुकाउनका कर्मचारी नियुक्त गरेका छन् ।
तर, फेसबुकका प्रवक्ता लिज बुर्जुआलाई यो कुरा पूर्ण रुपमा सत्य लागेको छैन । आपूmलाई यो कुरा साँचो हो भन्ने विषयमा सन्देह भएको उनले बिजनेस इनसाइडरलाई बताएका छन् । यदि यस्तो भएकै भए पनि आफ्नो सञ्चार टिमको अनुरोधमा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्