महासंघ र चीनको लिन्यी ट्रेडबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणास“ग चीनको लिन्यी सिटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले बुधबार महासंघ सचिवालयमा भेटवार्ता गरेको छ । चिनिया“ प्रतिनिधिमण्डल भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ मा भाग लिने क्रममा नेपाल आएको हो ।
उक्त भेटवार्ताको अवसरमा महासंघ र लिन्यी ट्रेड सिटी एड्मिनिस्ट्रेटिभ कमिटीबीच आर्थिक व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षरसमेत भयो । समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र लिन्यी सीटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार दुई देशबीचको आर्थिक व्यावसायिक विस्तारमा दुवै संस्थाले सहकार्य गर्ने, सहकार्यका सम्भाव्य क्षेत्रहरू पहिचान गर्ने, लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराउने, व्यवसायिक भ्रमणको आदान प्रदान गर्ने, दुवै देशमा व्यापार मेला लगायतका प्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने, लिन्यी सिटीबाट नेपालमा व्यापार, लगानी, प्रविधि, सीप आकर्षणका लागि सहकार्य गरिनेछ ।
सो अवसरमा अध्यक्ष राणाले अन्तर्राष्ट्रिय व्यापार मेलाको माध्यमबाट नेपालमा रहेका सम्भावनाहरूको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएको चिनिया“ प्रतिनिधिमण्डललाई नेपालमा लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराएकी छन् ।
नेपाल अब स्थिरतातर्फ अगाडि बढिसकेको जानकारी गराउँदै अध्यक्ष राणाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । नेपालमा यसअघि पनि धेरै चिनिया“ कम्पनीहरूको लगानी रहेको र नेपाल एक व्यवसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा स्थापित भइसकेको समेत अध्यक्ष राणाले स्पष्ट पारेकी छन । साथै, अध्यक्ष राणाले महासंघ र लिन्यी ट्रेड सीटी एड्मिनिस्ट्रेटिभ कमिटी बीचको समझदारीले आपसी व्यावसायिक सम्बन्ध विस्तारमा कोसेढुंगा हुने बताइन् ।
उक्त भेटवार्तामा प्रतिनिधिमण्डलका टोली नेता लिन्यी सीटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओ ले आफू व्यावसायिक सम्भाव्यता खोजीका लागि पहिलो पटक नेपाल भ्रमणमा आएको बताएका छन । सो अवसरमा उपाध्यक्ष लीले महासंघसँगको समझदारीपत्रमा हस्ताक्षर सहकार्यको सुरुवात भएको बताए । । महासंघका कार्यकारिणी समितिका सदस्यहरू, चिनिया“ उद्यमी व्यवसायीहरू, महासंघका महासचिव सुरेशमान श्रेष्ठलगायतका उपस्थित उक्त कार्यक्रममा चिनिया“ व्यवसायीहरूले आफ्ना उद्योगधन्दा एवं उत्पादनका बारेमा प्रस्तुतिमार्फत जानकारीसमेत गराएका थिए ।