Logo

आर्थिक क्षेत्रमा काम गर्न अन्तर्राष्ट्रिय संस्थाको च्याप्टर गठन

जीवीकोपार्जन लगायतका आर्थिक अधिकारका साथै स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्न मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टर गठन गरिएको छ । जीवीकोपार्जन लगायतका आर्थिक अधिकारका साथै स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्न मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टर गठन गरिएको छ । मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र अनुरुप त्यसको आर्थिक, शिक्षा र स्वास्थ्य अधिकारको लागि विनोद शर्माको संयोजकत्वमा च्याप्टर गठन गरिएको हो ।
नेपाल च्याप्टरमा शर्माको अध्यक्षतामा १७ सदस्य छन् । अमेरिकामा स्थापना भएको सो संस्थाको च्याप्टरले नेपालका विभिन्न क्षेत्रमा पुगेर मानव अधिकार सम्बन्धी घोषणापत्रमा उल्लेखित आर्थिक अधिकारसँग सम्बन्धित जीवीकोपार्जनको सवालमा काम गर्ने संयोजक शर्माले बताए । “बालबालिकाको पक्षमा वकालत तथा आवश्यक सहयोग जुटाउने लक्ष्यका साथ संस्थाले काम गर्छ”,उनले भने, “नेपालको जुनसुकै क्षेत्रमा निश्चित क्षेत्र वा समुदायको पहिचान गरी कार्यक्रम सञ्चालन गरिनेछ ।” संस्थाले स्थानीय निकाय, त्यहाँका विद्यालय तथा कलेजमा पुगेर उनीहरुलाई लक्षित गरी आर्थिक, शिक्षा र स्वास्थ्यबारे कार्यक्रम गरिने संस्थाका सदस्य ऋषि गौतमले बताए । 

प्रतिक्रिया दिनुहोस्