त्रिविले खेलकुद र पर्यटनमा स्नातकोत्तर चलाउने

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र विभागले खेलकुद विज्ञान र पर्यटन तथा आतिथ्य अध्ययनमा स्नाकोत्तर तह सञ्चालन गर्ने भएको छ । खेलकुद अध्ययन गरेको विज्ञको अभाव तथा पर्यटन तथा आतिथ्य अध्यययन गरेका जनशक्तिको अभाव भइरहेका बेला विभागले स्नाकोत्तर तह सञ्चालन गर्न लागेको हो ।
बढ्दो जनशक्तिको आवश्यकतालाई मध्यनजर गरी दुवै विषयको पढाई सुरु गर्न लागेको विभागका डिन डा. शिवलाल भुषालले जानकारी दिए । उनका अनुसार ३०-३० विद्यार्थीमात्र भर्ना लिइने लक्ष्य राखिएको छ । हाल खेलकुद विज्ञान पढेका जनशक्ति एकदम कम छन् । विभागका अनुसार हाल ५ जनामात्र यस्ता जनशक्ति छन् । हाल प्लस टुमा खेलकुदबारे अध्यापन हुने भएपनि स्नातकमा भने छैन । स्नाकोत्तर सकेपछि त्यो जनशक्तिलाई समेत उपयोग गरेर स्नात्तक सञ्चालन गर्ने लक्ष्य राखिएको विभागको छ । पढाइ सकेपछि ती जनशक्तिलाई नेपालको खेलकुद क्षेत्रबारेको अध्ययन र अनुसन्धानमा सहभागी गराइने विभागले जनाएको छ ।