बिनोद चौधरीको सम्पत्ति १.५२ अर्ब डलर पुग्यो

नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति १.५२ अर्ब डलर पुगेको छ । उनको सम्पत्ति गत वर्षको तुलनामा यो वर्ष २० अर्ब रुपैयाले वृद्धि भएको फोब्र्स म्यागेजिनले जनाएको छ ।२०१८ मो मार्च ६ सम्मको सम्पत्तिका आधारमा चौधरीको सम्पत्तिमा वृद्धि भएको बताइएको छ । अघिल्लो वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर थियो । यो वर्ष उनको सम्पत्तिमा वृद्धि भई १.५२ अर्ब डलर पुगेको छ । हालको विनियम दरको आधारमा उनको सम्पत्तिमा नेपाली रुपैयाँमा अनुमानित २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।यो सम्पत्ति सहित उनी फोब्र्सको अर्बपतिको सूचीमा चौधरी १ हजार ५ सय ६१ औं स्थानमा परेका छन् । गत वर्ष उनी १ हजार ५ सय ६३ औं स्थानमा थिए । यस आधारमा उनी दुई स्थान माथि उक्लिएका छन् ।
बिनोध चौधरीका साथमा सीजी कर्प ग्लोबल रहेको फोब्र्सले जनाएको छ । उनको नबिल बैंकमा ठूलो हिस्सा रहेको छ । उनको सीजी पोर्टफोलियोमा खाद्यान्न, इलेक्ट्रोनिकस, बियर र होटल पनि रहेको फोब्र्सले जनाएको छ ।लोकप्रिय मानिदै आएको वाइवाई चाउचाउ निर्माता सीजी फुड्सको भारत, सर्विया, साउदी अरेयिबा र बंगलादेशमा पनि प्लान्ट रहेको छ ।सीजी होटलको सम्पत्तिमा २९ स्वामित्व र ७० व्यवस्थापनको सम्पत्ति रहेको छ । यसमा भारतको ताज होटल चेनसँगको विलासी होटल पनि रहेको छ ।चौधरी नेपाली कंग्रेसको प्रतिनिधित्व गर्दै संसदको सदस्य पनि भएका छन् ।