सवारी दुर्घटनामा ४ प्रहरी घाइते

रौतहटको लमाहामा प्रहरी सवार जिप दुर्घटना हँुदा ४ जना प्रहरी सहित ६ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडांै पठाइएको छ ।
गम्भीर घाइते मध्ये प्रहरी सहायक निरिक्षक गोविन्द राय यादव र मनोज कुमार सिंहको टाउको र ढाडमा चोट लागेका कारण थप उपचारका लागि काठमाडौ रेफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
अन्यको चन्द्रपुरस्थित चन्द्रपुर हस्पिटल प्रालिमा उपचार भइरहेको छ । दुर्घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रहेका ४ जना प्रहरी सहायक निरिक्षक ,१ जना सिपाही र एक जना मानसिक सन्तुलन गुमाएकी महिला घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
आइतबार बिहान पौने पाँच बजे ४ जना प्रहरी सहायक निरिक्षकको टोली लिएर पथलैयामा तर्फ जाँदै गरेको अवस्थामा प्रहरी सवार जिपलाई ना ६ ख ८६२५ नम्बरको ठक्कर दिएको थियो । पथलैया जाँदै गरेको प्रहरी गाडीलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएका कारण दुर्घटना भएको प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् । घाइतेहरुको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरी हबल्दार चौलागाईले जानकारी दिए ।