कोरोनाका कारण कोरिया जाने नेपाली रोकिए «

कोरोनाका कारण कोरिया जाने नेपाली रोकिए

कोरियामा कार्यरत ४२ हजार नेपाली त्रासमा

कोरियामा कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपालबाट जानेश्रमिकलाई तत्कालका लागि प्रवेशमा रोक लगाइएको छ ।कोरिया सरकारको अनुरोधमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान उडान तालिका प्राप्त गरेका २०० सय नेपालीलाई कोरिया प्रवेशमा रोक लगाइएको छ । वैदेशिक रोजगार विभिाग ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले कोरिया सरकारको अनुरोधमा उडान तालिका तयार भएका नेपालीलाई रोकिएको बताए ।
यद्यपि नेपाल सरकारले हवाई टिकट नभएका कारण रोकिएको जनाएको छ । रोजगारीका लागि कोरिया जान उडान तालिका प्राप्त गरेका १६२ नयाँ र ४७ पुनः प्रवेश गर्ने नेपाली श्रमिकलाई तत्काल कोरिया जान रोक लगाइएको छ । रोकिएका यी युवालाई मानब संशाधन बोर्ड कोरियाले जानकारी नगराएसम्म नपठाइने शाखाले जनाएको छ । कोरियामा सन् २००८ बाट नेपाली धेरै नेपाली जाने गरेपनि ४ वर्ष १० महिनापछि अनिवार्य स्वदेश फर्कनु पर्ने व्यवस्थाका कारण कोरिया हाल २०१५ को मध्यमा गएका श्रमिक भने आउने तयारी रहेका हुन्छन् । सन २०१५ मा गएका ५ हजार ८६६ नेपाली भने अहिले फर्कने समय भइसकेको छ ।
सउलस्थित नेपाली दूतावासले समेत भाइसरको संक्रमण तीव्रगतिमा फैलन थालेपछि कोरियामा रहेका नेपालीलाई सचेत हुन आइतबार सूचना जारी गरिसकेको छ । कोरियामा धेरै नेपाली कार्यरत रहेको सबैभन्दा ठूलो औद्योगिक सहर थेगुमा संक्रमण तीव्र गतिमा फैलन सुरु गरेपछि दूतावासले लक्ष्ण देखिए परीक्षण गराउनसमेत अनुराध गरेको छ । “गणतन्त्र कोरियामा पनि सीमित संख्यामा कोरोना भाइरसको संक्रमण देखिएकोमा केही दिन अघिबाट यो फैलिँदै गएको छ,” दूतावासद्वारा आइतबार जारी सूचनामा भनिएको छ, “सम्बद्ध निकायहरूबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासहरूका बावजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोप्रति हामी सबै अझबढी सजग र सचेत हुन जरुरी छ ।”
दूतावासद्वारा जारी सूचनालाई हेर्दा स्थिति थप भयावह हुनसक्ने देखिएको छ । कोरियाका राष्ट्रपति मुन जे इनले समेत आइतबार कोरिया कोरोना भाइरस बिरुद्धको संवेदनशील लडाइँमा रहेका जनाएको छन् । हाल कोरियामा बिद्यार्थी, व्यवसायी र अन्य पेशामा कार्यरत बाहेर ३५ हजारको हारामरी ईपिएस मार्फत गएका श्रमिक मात्र रहेका छन् ।केही समयअघि चीनको हुवेइ प्रान्तको वुहान सहरबाट नोबल कोरोना (कोभिड–१९) प्राणघातक भाइरसको संकमण सुरु भई विश्वमा अन्य देशहरूमा फैलिँदै गएर कोरियामा समेत तीब्र रूपमा लिएको छ । गणतंत्र कोरियामा पनि सिमित संख्यामा कोरोना भाइरसको संक्रमण देखिएकोमा केही दिनअघिबाट यो फैलिँदै गएको छ । 
दक्षिण कोरियाली सञ्चार माध्यमबाट प्रकाशित समाचारहरूमा जनाइएअनुसार २२ फेब्रुअरी २०७६ फागुन १० सम्म दक्षिण कोरियामा कोरोना संक्रमितहरूको संख्या ६०० नाघिसकेको छ। दूतावासले कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रूपमा कोरियामा रहेका नेपालीहरू समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा गई चेकजाँच तथा उपचार गराउनसक्ने जनाउँदै सूचना जारी गरेको छ । दूतावासले अवैधानिक भएका नेपालीले पनि संक्रमण परीक्षण गर्न सक्ने जनाउँदैअवैधानिक भएकै आधारमा पक्राउ नगर्ने, स्वदेश नफकाउने, तथा बिरामीको कानुनी हैसियत बारेमा नसोध्ने समेत जनाएको छ । कोरियामा रहेका विदेशी नागरिकहरूका लागि अस्पतालहरूलाई निर्देशन दिदै अध्यागमन विभागले उपचारमा सहयोग गर्न अनुरोध गरेको छ । 
कोरियामा संक्रमण बढदै गएपछि त्यहाँ कार्यरत श्रमिक, विद्यार्थी, व्यवसायी र अन्य पेशामा रहेका नेपालीमा त्रास फैलिएको छ । कोरियामा नेपालीसहित २५ लाख विदेशी भएपनि चिनियाँ नागरिककबाहेक अन्य देशमा नागरिकमा कोरोना संक्रमण देखिएको छैन । गत वर्षको नोभेम्बरसम्मको तथ्यांकमा कोरियामा नेपाली पासपोर्ट लिएका नेपालीको संख्या भने ४२ हजार रहेको छ । यसरी हेर्दा  कोरियाको सम्पुर्ण जनसंख्याको ४ प्रतिशत विदेशी नागरिक कोरियामा रहेका छन् । २ दिन अघिसम्म ३१ जना कोरियन र कोरियामा रहेका चिनियाँ नागरिकमा कोरोना भाईरस संक्रमण देखिएकोमा आइतबार बेलुकासम्म ६०७ जनामा संक्रमण फैलिएको त्यहाँका संचार माध्यमले जनाएका छन् । चीनपछि जापान र कोरियामा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको छ । 
कोरियामा फैलिएको कोरोना भाईरस संक्रमित मध्ये ८२ प्रतिशत थेगु राज्यामा रहेका छन । जहाँ नेपाली श्रमिकको संख्या अन्य क्षेत्रको तुलनामा बढी रहेको छ । थेगुको सिन्छन्जी चर्च र छङजोदे अस्पतालमा धेरै संक्रमित भेटिएको जनाइएको छ । हाल थेगु क्षेत्रमा सार्वजानिक स्थल सबै बन्द गरिएको छ । कोरियामा रहेका विदेशी नागरिकमा संक्रमणको शंका लागेका त्याँहको सरकारले एक हट लाईन फोनको व्यवस्था गरेको र सोही नम्बरमा सम्पर्क गरेर विदेशीले उपचार गर्ने व्यवस्था मिलाईएको छ । कोरिया सरकारले विदेशी र आफना नागरिकमा बढन सक्ने संक्रमणको दरलाई नियन्त्रण गर्न कुनै कसर बाकी नराखेको एनआरएनए एनसिसिका पुर्व अध्यक्ष केपी सिटौलाले जानकारी दिए । उनले कोरियामा रहेका नेपालीलाई संक्रमणबाट बच्न विभिन्न उपाय अपनाउन अनुरोध गरेका छन् ।
सबै श्रमिकको हवाई टिकट बिमा कोरियामा अधिकाक्ष नेपाली श्रमिक रहेका कारण आम्दानीका हिसाबले उनीहरू चाहेको बेला स्वदेश फर्कन सक्ने अवस्था रहेको त्यहा लामो समय बसेका नेपालीको भनाई छ । ईपिएस मार्फत कोरिया जाने प्रत्येक नेपाली घर फिर्तीका हवाई टिकटको व्यवस्था गरिएका कारण स्वदेश फर्कन चहाने नेपालीहरूलाई हवाई भाडाको भने समस्या हुदैन । 

प्रतिक्रिया दिनुहोस्