पूर्णिमा बैंकमा पनि सी–आस्बा «

पूर्णिमा बैंकमा पनि सी–आस्बा

पूर्णिमा विकास बैंकले धितोपत्र खरिद बिक्रीका लागि(सेयर खरिद बिक्री) सी–आस्बा प्रणाली संचालनमा ल्याएको छ । रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको बैंकले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी सी­आस्बा प्रणाली सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले बताए ।
ग्राहकहरूले यो सेवा लिएपछि घरबाटै सेयर खरिद बिक्री गर्न सक्छन् । यस्का लागि ग्राहकले बैंकको कार्यालयमा सम्पर्क गरी सी­आस्बा रजिस्ट्रेसन नम्बर (सीआरएन) लिनु पर्नेछ र बैंकमा खाता पनि खोल्नु पर्ने गुरुङले जनाए । ग्राहकले सी–आस्बा खाता खोलेपछि सी­आस्बा रजिस्ट्रेसन नम्बर प्राप्त हुने र त्यसपछि स्वयंले अनलाइनमार्फत घरमै बसेर वा यो बैंकको कुनै पनि शाखामा गई सेयर खरीद बिक्रीको कारोबारका लागि आवेदन दिन सक्नेछन् ।
सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रूपमा सी­आस्बा लागू गरिएपछि बैंक तथा वित्तीय संस्थाहरूले धमाधम सी–आस्बा सेवा प्रदान गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्