मोदी मलाई मन पर्छ, तर व्यापार सम्झौता अहिलेनै हुदैनःट्रम्प «

मोदी मलाई मन पर्छ, तर व्यापार सम्झौता अहिलेनै हुदैनःट्रम्प

वासिङटन, ७ फागुन
भारतको भ्रमण पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नोतर्फबाट बयान दिएका छन् । उनले भारतसँग अहिलेनै व्यापार सम्झौता नहुने बताएका छन् । उनले भनेका छन्,“हामी भारतसँग व्यापार सम्झौता गर्न सक्छौ, तर अहिलेनै होइन । म यो ठूलो सम्झौता भविष्यका लागि राख्न चाहन्छु ।”
भारत भ्रमण पहिले व्यापारमा कुनै सम्झौता गनुर्नहुन्छ भनि सोधिएको प्रश्नमा उनले भने,“भारतसँग ठूलो व्यापार सम्झौतात हुन्छ । हामी यो गर्नेछौ । तर, चुनाव अगाडि यो हुन्छ वा हुदैन थाहा छैन । हामीसँग भारतले राम्रो व्यवहार गरेको छैन ।”
ट्रम्पले प्रधानमन्त्री मोदीको मज्जाले प्रशंसा गरेका छन् । उनले भनेका छन्,“म प्रधानमन्त्री मोदीलाइ धेरै मन पराउछु । मोदीले मलाई भनेका छन्े कि विमानस्थल तथा स्टेडियममा ७० लाख मानिसले मेरो स्वागत गर्नेछन् । यो विश्वकै ठूलो स्टेडियम बन्न जादैछ । यो धेरैनै रोमान्चक हुने छ ।”
अमेरिकी राष्ट्रपति २४ फेब्रुअरीदेखि दुई दिने भारत भ्रमणमा आउन लागेका छन् । यो अवधिमा उनी करिब ३ घन्टाका लागि अहमदबाद पनि जानेछन् । ट्रम्पले दिल्ली र आगराको भ्रमण पनि गर्नेछन् । ट्रम्पको स्वागतका लागि अहमदावाद पुरै रुपमा तयार पनि भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्