Logo

उत्तर कोरियाले परमाणु हतियार त्याग्न तयार

आफ्नो परमाणु बलमे विश्वलाई तर्साउदै आएका उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले दक्षिण कोरियाली प्रतिनिधि मण्डलको सामु एक प्रस्ताव राखेर विश्वलाई अचम्मित पारेका छन् । किमले सुरक्षाको प्रत्याभूति मिलेमा आफू परमाणु बम त्याग्नका लागि तयार भएको बताएका छन् ।
उनले अन्तर कोरियाली सम्झौता तथा पुनः एकिकरणको नयाँ इतिहास लेख्ने आफ्नो इच्छा भएको बताए । दुवै देशको राजदूतकाबीच प्योङयोङमा भएको बैठकको समयमा अन्तर कोरियाली सम्मेलन आयोजित गर्ने सम्बन्धि एक सम्झौतामा पनि सहमती बनेको छ ।
सुरक्षा कायालय प्रमुख चुङ इयुइ–जुङको नेतृत्वमा १० सदस्यीय दक्षिण कोरियाली प्रतिनिधि मण्डल उत्तर कोरियाको राजधानी प्योङयाङको दुई दिने भ्रमणमा आएको छ । किम जोङ उनको पिताको २०११ मा निधन भए पश्चात कि सत्तामा आएपछि दक्षिण कोरियाको वरिष्ठ अधिकारीसँग उनको यो पहिलो भेटघाट हो ।
किमले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँग कोरियाली प्रायद्विपमा सैन्य तनाव क मगर्न तथा वार्ता, सम्पर्क र आपसी सहयोग बनाउन आफ्नो विचार राखेको समाचार एजेन्सी केसीएनएले जनाएको छ ।
किमले बारम्बार दक्षिण कोरियासँगको सम्बन्धलाई राम्रो बनाउन आफू् दृढ रहेको बताएको केसीएनएले जनाएको छ । उनले सशक्त प्रयासको माध्यमबाट दुई देशबीचको राष्ट्रिय पुनः एकीकरणका नयाँ इतिहास लेख्न र विश्वले दुवै देशप्रति गर्व गरोस भन्ने इच्छा व्यक्त गरेको बताएको समाचार संस्थाले जनाएको छ ।
समाचार एजेन्सीका अनुसार प्योङयाङ पुगेको दक्षिण कोरियाको उच्चस्तरिय प्रतिनिधिमण्डलले किम जोङ उनको दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ–इनका पत्र पनि दिएका छन् । बैठकमा किमले दुवै देशबीच व्यवहारिक कदम उठाउन आदेश दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्