एचआरमिट–२०१८ चैत ५–६ गते «

एचआरमिट–२०१८ चैत ५–६ गते

 मानव संसाधन पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्यसहित ग्रोथ सेलर्सले मानव संसाधन भेलाको ११औं संस्करण ‘एचआरमिट–२०१८’ आउदो ०७४ चैत ५ र ६ गते आयोजना गर्न गइरहेको छ । ‘मानव संसाधनले परिवर्तन ल्याउन सक्छ, मानव संसाधनले हाक्न सक्छ’ भन्ने भावमा यस वर्ष आयोजकहरू संस्थामा सकारात्मक परिवर्तनका लागि तथा राष्ट्रलाई टेवा पु¥याउनका लागि सबैलाई मानव संसाधनलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिन चाहेको आयोजकले बताए ।
यस दुई–दिने गैरआवासीय सम्मेलनमा, मानव संसाधनका विषयमा आफ्ना सत्रहरू प्रस्तुत गर्नका लागि ख्याति प्राप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरू हुनेछन् । एक्सेन्चरकी मानव संसाधन प्रबन्ध निर्देशक डाक्टर तनाया मिश्रा र एसियन पेन्ट्स प्रालि, भारतका पूर्वमानव क्रमशः संसाधन प्रमुख एनएस आइयर यस सम्मेलनका दुई प्रमुख वक्ताहरू हुनेछन् जसले आफ्ना सत्रहरू दि डिजाइन थिन्किंग वे (रुपरेखा सोच्ने तरिका) र एम्प्लोई इंगेजमेन्ट (कर्मचारी संलग्नता) विषयक प्रस्तुति गर्नेछन् ।
२ सय ५० भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरूलाई लक्षित यस कार्यक्रमका प्रमुख आकर्षणमा प्रमुख कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूको प्यानल छलफल, समानान्तर सत्रहरू, प्यानल अन्तर्वार्ता र तनाव व्यवस्थापन तथा काम र जीवनमा सन्तुलनसम्बन्धी एकल सत्रहरू छन् । यस सम्मेलनले कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूबीच ‘रोजगारीको अवसर र सीपमा कमी’ का विषयमा प्यानल छलफल चलाउने योजना गरेको छ । तीन भिन्न विषयहरूमा समानान्तर सत्रहरू रहनेछन् ।
संस्थागत रूपान्तरण र परिवर्तन व्यवस्थापन, संस्थामा सांस्कृतिक अनुकूलन र मानव संसाधन व्यवस्थापनका नवीन सामग्रीहरू । प्यानल अन्तरवार्ताको विषय ‘मानव पुजी व्यवस्थापन गर्ने सरकारको भूमिका’ रहेनछ । हामीले आफ्नो कामका दौरान सामना गर्ने तनावको न्यूनीकरणका लागि ‘तनाव व्यवस्थापन र काम र जीवनको सन्तुलन’ विषयक एक सत्र हुनेछ ।
“हामीले त्यस बेला (२००८) देखि मानव संसाधन भेला आयोजना गरिरहेका छौ जब धेरै कम संस्थाहरूमा मात्र मानव संसाधन विभाग हुन्थे । त्यस बेलादेखि नै, हामीले निरन्तर रूपमा आफैंमा नौलो यस किसिमको सम्मेलन मानव संसाधनलाई सुदृढ गर्न, सशक्तीकरण गर्न तथा अझ सुसज्जित गर्न आयोजना गरिरहेका छौं ।” मानव संसाधन आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रालिका प्रबन्ध निर्देशक मोहन ओझाले बताए ।
उनका अनुसार, विभिन्न संस्थाहरूमा कार्यरत १५०० भन्दा अधिक मानव संसाधन पेसाकर्मीहरू कार्यरत छन् । आयोजकहरूका अनुसार, अघिल्लो वर्षको कार्यक्रममा ठूला व्यावसायिक प्रतिष्ठान, बैंकिङ, उत्पादन, सूचना प्रविधि, संस्थान, अरगैसस र देशभरका विभिन्न क्षेत्रका २ सय ६० जतिको सहभागिता रहेको थियो र यस संस्करणका लागि पनि यतिकै अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्