Logo

सिद्धार्थ बैंकको बिर्तामोड शाखाले बाँड्यो डस्टबिन

झापा– झापास्थित सिद्धार्थ बैंकको बिर्तामोड शाखाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टविन वितरण गरेको छ । बैंकका बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष राजु न्यौपानेलाई ४५ थान डस्टबिन हस्तान्तरण गरेका हुन् ।

बैंकले उपलब्ध गराएको डस्टबिन बिर्तामोड नगरलाई स्वच्छ र सफा राख्न मद्दत पुग्ने बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष राजु न्यौपानेले बताए । उनले बिर्तामोडका विभिन्न स्थानमा डस्टबिन राखिने बताउँदै आगामी दिनमा पनि बैंकबाट सहयोग अपेक्षा गरे । कार्यक्रममा बैंकका कोसी प्रदेश हेड सुवास श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघलाई डस्टविन वितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्